मुख्य समाचार
प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी
प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी

। प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गरेका थिए ।

सो रिटमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनर्स्थापनाको माग गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि प्रतिनिधि सभा विघटन गरी २७ गते सुशीला कार्की नेतृत्वको चुनावी सरकार गठन गरिएको थियो ।

प्रतिनिधि सभा विघटन र चुनावी सरकार गठन असंवैधानिक भएको जिकिर गर्दै यसअघि गत मंसिर १० गते नेकपा एमालेका ७५ सांसदहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित रिट दायर गरेका थिए ।

यसैगरी मंसिर २३ गते कांग्रेसका ८ जना सांसदहरुले पनि रिट दायर गरेका थिए । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतले दायर गरेको रिटमा यही पुस २ गते सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।


मंगलबार पुस ८ गते फेरि कांग्रेसका ६५ जनाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसद गरी जम्मा ६८ जनाले हस्ताक्षर गरेर रिट दायर गरिएको थियो ।

यसरी कांग्रेस–एमालेसहित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्ने सांसदहरुको संख्या १४३ पुर्‍याइएको छ । यो २७५ सदस्यीय प्रतिनिधि सभाको बहुमत संख्या हो । बहुमतका लागि १३८ सांसद भए पुग्छ । बहुमत सांसदले माग गरेपछि प्रतिनिधि सभा पुनर्स्थापनामा दबाब पुग्ने विश्वास उनीहरुको छ ।

तर जेनजी युवा अगुवा, वैकल्पिक राजनीतिक शक्ति र नेपाली कम्युनिस्ट पार्टी लगायतले भने प्रतिनिधि सभा पुनर्स्थापना नगरी ताजा जनादेशका लागि चुनावमा जानुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ । ‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ ...
। नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान तयार रहेको बताएका हुन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, एमालेले स्पष्ट रुपमा वातावरण तयार पारेको खण्डमा आफूहरू चुनावमा जान तयार रहेको बताएको जानकारी ...
। विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो। शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा ...
दक्षिण एशियाको लोकतान्त्रिक भविष्य : युवा, प्रविधि र समावेशी विकास
। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेका उनले यस्तो बताएका हुन् । जेनजी जनआन्दोलनबाट बनेको सरकारलाई निर्वाचन गराउने आदेश रहेको र प्राप्त जनादेशअनुसार फागुन २१ मा निर्वाचन अनिवार्य रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम