मुख्य समाचार
आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा
आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा

। आर्सनलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटको सडन डेथमा हराउँदै इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलका नायक आर्सनलका गोलकिपर केपा अरिजाबालागा बने, जसले निर्णायक पेनाल्टी बचाए। आर्सनल ८-७ ले विजयी भयो ।

निर्धारित समयको खेल पनि रोमाञ्चक रहेको थियो । दुवै गोल खेलको उत्तरार्द्धमा भएका थिए । खेलको ८०औं मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सेन्स लाक्रोइक्सले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा बल पुगेपछि आर्सनलले अग्रता लिएको थियो। तर इन्जुरी टाइमको पाँचौं मिनेटमा मार्क गुएहीले गोल गर्दै प्यालेसलाई बराबरीमा फर्काए।

खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट भयो। सुटआउटमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्त्यमा केपाले लाक्रोइक्सको पेनाल्टी रोकेपछि आर्सनल ८–७ ले विजयी भयो।

यस जितसँगै आर्सनल सेमिफाइनलमा पुगेको छ र फाइनल प्रवेशका लागि लन्डन प्रतिद्वन्द्वी चेल्सीसँग दुई लेगको भिडन्त खेल्नेछ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा जितबाट खुसी भए पनि टोलीको समग्र प्रदर्शनबाट भने पूर्ण सन्तुष्ट देखिएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम