मुख्य समाचार
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त

। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट खेल्न लागेको नेपाली महिला क्रिकेट टिम यतिबेला तयारीमा व्यस्त छ । टोलीले माथिल्लो मुलपानी क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ ।

पहिलोपटक एसिया क्षत्रेको छनोट चरण पार गरेर ग्लोबल छनोटमा पुगेको नेपाली टोली अब पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।

नेपालको पुरुष क्रिकेट टोलीले करिब दुई महिनापछि भारतमा टी-२० विश्वकप खेल्न जाँदैछ । साथै नेपालको महिला क्रिकेट टोली पनि घरेलु मैदानमै हुने महिला टी२० विश्वकप ग्लोबल छनोटको तयारीमा छ । अहिले धेरैको नजर महिला क्रिकेटतर्फ पनि छ ।

छनोटअघि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरेको छ । भारतीय मूलका प्रशिक्षक हर्षल जयन्त पाठक नेपाली टोलीको मुख्य प्रशिक्षक भएर आएका छन् ।

क्यानका क्रिकेट अपरेसन म्यानेजर विनोद दासका अनुसार पाठकलाई हाललाई २ वर्षको लागि नियुक्त गरिएको हो । पाठकले यसअघि थाइल्यान्डको महिला क्रिकेट टोलीलाई लामो समय प्रशिक्षण दिएका छन् । उनकै प्रशिक्षणमा थाइल्यान्डले पहिलोपटक महिला टी-२० विश्वकप खेलेको थियो ।



पाठकको लक्ष्य अब नेपाललाई पनि सोही उपलब्धि हासिल गराउनु हुनेछ । यद्यपी कम समय बाँकी भएकाले यो चुनौतीका रूपमा पनि हुनेछ ।

यसअघि कन्स्ल्ट्यान्ट प्रशिक्षक अनि ब्याटिङ प्रशिक्षकका रूपमा भारतीय प्रशिक्षकहरू आएपनि मुख्य प्रशिक्षक भने पहिलोपटक विदेशी नियुक्त भएका हुन् ।

यसअघि महिला क्रिकेट टोलीमा जगत टमाटा, सामसंगजङ थापा, विनोद दास, मनोज कटवाललगायतले मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन् भने भारतबाट देविका पाल्सिकर, मनिष कुमार झाले कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा काम गरेका छन् ।

महिला क्रिकेटमा नयाँ आयाम

क्यानले पाठक सिनियर महिला क्रिकेट टोलीको मात्र नभएर समग्र महिला क्रिकेटको नेतृत्व हुनेगरी नियुक्त भएको जनाएको छ । पहिलोपटक महिला क्रिकेट टोलीमा फूल टाइम विदेशी प्रशिक्षक नियुक्त भएपछि महिला क्रिकेटमा नयाँ आयाम थपिएको छ ।

‘समग्र महिला क्रिकेटलाई नै परिमार्जित गर्ने उद्देश्यले उहाँ नियुक्त हुनुभएको छ । जुनियर क्रिकेटदेखि लिएर सिनियर टिमसम्मै उहाँको सहभागिता रहनेछ, त्यसकारण उहाँलाई हेड अफ वुमन्स क्रिकेट भनेका छौं’ क्यानका क्रिकेट अपरेसन म्यानेजर विनोद दासले भने, ‘उहाँसँग अन्य सहायक प्रशिक्षकहरू पनि रहनुहुन्छ । महिला क्रिकेटमा उहाँको भूमिका सबैभन्दा महत्वपूर्ण रहनेछ।’

क्यानले ईसीबी वा सीए लेभल-३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । त्यही अनुरुप पाठक प्रशिक्षकमा नियुक्त भएका थिए ।


यो पनि पढ्नुहोस
को हुन् महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक बनेका हर्षल पाठक ?
थाइल्यान्ड क्रिकेटमा मात्रै ७ वर्षको प्रशिक्षण अनुभव भएका पाठकले नेपाली महिला क्रिकेटमा आफूले ठूलो क्षमता देखेको र त्यही कुराले प्रभावित भएको बताए । ‘नेपाली क्रिकेटमा ठूलो पोटेन्सियल देखेको थिएँ । सबैभन्दा मुख्य कुरा नै त्यही थियो । यो प्यासन देखेर नै म प्रभावित भएको हूँ’ पाठकले भने ।

पाठकले नेपालको ब्याटिङमा इन्टेन्ट देखेको बताए । ‘इन्टेन्ट सबैभन्दा महत्वपूर्ण हुन्छ । नेपाली खेलाडीमा त्यो इन्टेन्ट देखेको छु, त्यो चाहना देखेको छु’ उनले भने ।

पाठकले यहाँको क्रिकेट वातावरण पनि राम्रो भएको बताए । ‘क्रिकेट मैदान धेरै राम्रो छ । उत्साहित पनि छु । राम्रो टिमसँग काम गर्न मन लागिरहेको थियो’ उनले भने, ‘मैले विपक्षीका रूपमा पनि हेरेको छु । क्षमतादेखि लिएर बलियो पक्ष र कमजोर पक्ष पनि नियालेको छु । प्यासनेट टिम लाग्यो । यो प्रकारको टिमसँग काम गर्दा उत्साहित पनि छु । प्रतिभाहरू पहिचान गरेर राम्रो गर्ने लक्ष्य छ ।’

उनले आफ्नो ध्यान समग्र महिला क्रिकेटकै विकासमा केन्द्रित रहने समेत बताए । ‘महिला क्रिकेटको विकास नै सबैभन्दा महत्वपूर्ण कुरा हो । युवा खेलाडीलाई स्टेप अप गराउनेदेखि लिएर बेन्च क्षमता पनि राम्रो बनाउनुपर्छ’ पाठकले भने, ‘जुनियर लेभलदेखि नै क्रिकेटको विकास गर्ने यहाँको जुन् भिजन छ त्यसैअनुसार नै काम गर्ने छु।’

प्रशिक्षक पाठकले एउटा राम्रो वातावरण बनाउने मान्यता राख्ने बताउँदै आएका छन् । ‘टिमभित्रका खेलाडीमा कुनैपनि प्रतियोगिता जित्नका लागि गहिरो चाहना हुनुपर्छ, खेल्नुअगाडि सिक्ने हो र खेलका क्रममा भने प्रतिस्पर्धा गर्न जाने हो भन्ने कुरा बुझ्नुपर्छ’ उनले भनेका छन्, ‘त्यसले गर्दा टिमको वातावरण पनि राम्रो बनाउन सकिन्छ।’



नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले पनि पाठकको नियुक्ति धेरै सकारात्मक कुरा भएको बताइन् । ‘उहाँको नियुक्ति हाम्रो लागि धेरै राम्रो पक्ष हो । खेल्ने त हामीले नै हो । उहाँहरूको स्किलमा काम गर्न सक्दा केही प्लस पोइन्ट हुन्छ भन्ने लाग्छ’ इन्दुले अनलाइनखबरसँग भनिन् ।

यू-१९ विश्वकपमा कप्तानी गरेकी हाल सिनियर टोलीकी उपकप्तान पूजा महतोले पनि पाठक निकै उत्कृष्ट प्रशिक्षक रहेको बताउँदै थाइल्यान्डलाई जस्तै नेपाललाई पनि विश्वकपमा पुर्‍याउनुहुन्छ भन्ने विश्वास लिएको बताइन् ।

विश्वकप छनोट पहिलो लक्ष्य

आगामी जनवरीमा नेपालमै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता हुँदैछ । नेपालसहित १० टोली सहभागी हुने छनोट प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।

नेपाल समूह ‘बी’ मा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावेसँग परेको छ । नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्नेछ भने २२ जनवरीमा नेदरल्यान्ड्ससँग सोही मैदानमा खेल्नेछ । त्यसपछि २४ जनवरीमा जिम्बाबे र २६ जनवरीमा स्कटल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा खेल्नेछ ।

घरेलु मैदानमा छनोट प्रतियोगिता भएकोले पनि नेपाली टोलीको लक्ष्य स्वभाविक रुपमा विश्वकपमा पुग्ने रहेको छ ।

प्रशिक्षक पाठकले हालका लागि विश्वकपमा छनोट हुने मुख्य लक्ष्य भएको बताउँदै नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको पनि बताएका छन् ।

‘म सकारात्मक छु हामी छनोट हुन सक्छौं भनेर । चुनौती पनि छ तर यो टिमसँग क्षमता पनि छ । राम्रो गर्नका लागि खेलाडीहरू धेरै उत्सुक छन् । टिमको योजनासँग मिल्न सक्छन्’ पाठकले भने, ‘छनोट हुने राम्रो सम्भावना देखेको छु । घरेलु मैदानमा पनि छ।’

‘पहिलेभन्दा फरक पाएको छु खेलाडी पनि । प्रदर्शनमा पनि निखार देखिएको छ । क्यानले पनि धेरै राम्रो काम गरेको छ । एकदम राम्रो वातावरण बनाइदिएको छ । प्रशिक्षकको रूपमा भन्नुपर्दा बोर्डबाट निर्णय लिन पनि सहज बनाइदिनुभएको छ । हाम्रो टिमले प्रतियोगिता जित्नेमा आशावादी छु’ पाठकले थपे ।



‘सबै पक्षमा काम गर्नुपर्छ । ग्लोबल छनोटका लागि योजना अनुसार राम्रो काम भयो भने लक्ष्य प्राप्ति हुनेछ । त्यसभन्दा पछाडिको समयका लागि पनि हेर्नुपर्ने हुन्छ’ पाठकले भने ।

कप्तान इन्दु बर्माले पनि टिममा सबैले आ-आफ्नो तर्फबाट धेरै मेहेनत गरिरहेको बताएकी छन् । ‘आफूलाई पुश गर्नुपर्छ भन्ने सोच राखेर तयारी गरिरहेका छौं । हामीले खेलको दिनमा राम्रो गर्नुपर्छ भन्ने भाव राखेका छौं। हाम्रो तर्फबाट राम्रो गर्नुपर्छ भन्ने हो’ उनले भनेकी छन् ।

पूजाले पनि विश्वकपमा छनोट भएरै छाड्ने अठोट लिएको बताएकी छन् । ‘हामीले पहिलेभन्दा के कुरामा राम्रो गर्न सक्छौं भन्ने कुरा हो । यसपटक जसरी पनि छनोट भएर देखाउनुपर्छ भन्ने छ’ उनले भनिन्, ‘मैले पनि एउटा अवसरकै रूपमा लिएको छु । सिनियर दिदीहरूले लामो समयदेखि विश्वकपको सपना देख्नुभएको छ । योपालि जसरी पनि उहाँहरूको लागि भएपनि विश्वकप खेल्ने छौं।’

फिटनेसमा केन्द्रित प्रशिक्षण, उत्साहित खेलाडी

अहिले महिला क्रिकेट टोलीको प्रशिक्षण क्याम्पमा २० जना खेलाडीहरू छन् । खेलाडीको फिटनेसलाई पहिलो प्राथमकितामा राखेर प्रशिक्षण भइरहेको छ । त्यहीअनुसार ट्रेनरहरू पनि नियुक्त भएका छन् ।

प्रशिक्षक पाठकले पनि फिल्डिङ महत्वपूर्ण भएको बताउँदै त्यसका लागि फिटनेसमा काम गर्नुपर्ने बताएका छन् । ‘फिल्डिङमा पनि हामी अझै काम गर्नुपर्नेछ । खेलको क्रममा त्यसलाई अप्लाइ गर्ने कुरा पनि महत्वपूर्ण हुन्छ, त्यसका लागि फिटनेस पनि राम्रो हुनु जरुरी छ । त्यसका लागि काम पनि भइरहेको छ’ उनले भने ।

पूर्वकप्तान रुबिना क्षेत्रीले फिटनेसमा सुधार गर्नैपर्छ भन्ने सोचका साथ सबैले मेहेनत गरिरहेको बताइन् । ‘फिटनेसमा काम गरिरहेका छौं । यो चाहिँ गर्नैपर्छ भन्ने हिसाबले सोचेका छौं र सबैले मेहेनत गरिरहेका छौं’ रुबिनाले भनिन् ।



टिममा सबैभन्दा सिनियर खेलाडी रहेकी सीता रानामगरले पनि तयारी धेरै राम्रो भइरहेको बताएकी छन् । ‘तयारी एकदम राम्रो भइरहेको छ । ट्रेनर पनि आउनुभएको छ । त्यसले सहयोग पुगेको छ’ सीताले भनिन् ।

घरेलु मैदानमै हुने प्रतियोगिता खेल्न कप्तान इन्दुदेखि लिएर युवा खेलाडीहरू पनि उत्साहित छन् । ‘समर्थकहरूको साथ पनि पाइन्छ । घरेलु मैदानमा राम्रो गर्न सक्यो भने टिमका लागि राम्रो हुन्छ’ कप्तान इन्दुले भनिन्, ‘सिनियर खेलाडीका लागि पनि धेरै महत्वपूर्ण हुन्छ । युवा खेलाडीहरूलाई पनि गाइड गर्न सक्यो भने यो क्‍वालिफायरजस्तो महत्वपूर्ण प्रतियोगितामा धेरै सहयोग पुग्छ।’

यस्तै पूर्वकप्तान रुबिनाले विपक्षीलाई हेर्नेभन्दा पनि आफुले उत्कृष्ट गर्न सके राम्रो नतिजा आउने बताइन् । ‘राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने विश्वास राखेका छौं । खेल हुने दिनमा राम्रो खेल्यो भने जित निकाल्न सकिन्छ’ उनले भनिन्, ‘होम ग्राउन्ड भनेको अवसर हो। कतिपयले प्रेसर पनि भन्न सक्छन् तर आफन्नो टिमका लागि घरेलु मैदानमा राम्रो गर्ने एउटा अवसरका रूपमा लिएको छु।’

सिनियर र युवा खेलाडीको समिश्रणले टिम कम्बिनेसनदेखि लिएर परिपक्कतामा पनि साथ पुगेको उनीहरूको भनाइ छ । ‘सिनियर र युवा खेलाडीको समिश्रणले धेरै फाइदा पुग्छ भन्ने लाग्छ’ सीताले भनिन् । यस्तै पूजाले पनि सिनियर खेलाडीबाट मोटिभेसनदेखि अन्य कुरामा पनि सिक्ने अवसर मिलिरहेको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...