मुख्य समाचार
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र

। प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन् ।

विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दल र नयाँ दर्ता भएका सबै दलले समानुपातिक सूची तय गर्न आवश्यक राजनीतिक छलफल तथा तयारी गरिरहेका छन् । मङ्गलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका थिए ।

सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरेको, आयोगले तयारीलाई तीव्र पारेका कारण क्रमशः वातावरण बन्दै गएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि ९३ दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलका लागि कार्यतालिका बनाइसकेको छ ।

दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा तोकिएको छ । आयोगले समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि राजनीतिक दललाई आवश्यक तालिम दिएको छ । यसबाट समानुपातिकतर्फको प्रतिशत निर्धारण एवं जनसङ्ख्याका आधारमा बदलिँदो व्यवस्थाअनुसार काम गर्न सहज हुनेछ ।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण गरेको छ । जनगणनामा समावेशीतर्फका केही समूहमा जनसङ्ख्या थपघट भएको सोहीअनुसारको प्रबन्ध गरिएको छ ।

-राससबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको थसीखेल घर भएका २३ वर्षीय समन श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट पक्राउ गरेको हो । लोक सेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको भन्दै नक्कली कागजात तयार गरी कर्मचारी पोशाक लगाउने र त्यसको आडमा आफ्नो ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता वर्षमान पुनले यस्तो आग्रह गरिएको जानकारी गराए । सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग ...
। सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ । बिचौलियाको अरोपमा दुई कार्यालयमा काम गर्ने लेखापढी व्यवसायी पक्राउ परेका हुन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा लिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । ‘जिल्ला प्रशासनमा ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो ...
। २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टासी तामाङ रहेका छन् । उनी वन्यजन्तुको आखेटोपहार ओसारपसरा मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् । काठमाडौंको गोकर्णेश्वरमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम