। राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको हो ।
कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको विभागले जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ।
विभागले हाल पूर्ण क्षमतामा राहदानी आपूर्ति गराइरहेको जनाएको छ । राहदानी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ ।
गत मंसिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको छ ।
– राससबाट