मुख्य समाचार
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना

युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको ठहर गर्दै नियमाक निकायले यस्तो आदेश दिएको हो।

प्राधिकरणका अनुसार एप्पलले युरोपेली प्रतिस्पर्धा नियमहरूको उल्लंघन गरेको छ । कम्पनीले आफ्नो एप स्टोरमार्फत थर्ड पार्टी एप डेभलपर्समाथि पूर्णनियन्त्रण कायम राख्दै त्यसको गलत फाइदा उठाएको ठहर प्राधिकरणको छ।




यस विषयमा सन् २०२३ को मे महिनामा एप्पलविरुद्ध औपचारिक अनुसन्धान सुरु गरिएको थियो। सन् २०२१ को अप्रिलदेखि एप्पलले थर्ड पार्टी एप निर्मातामाथि अत्यन्त कडा गोपीन‍यता नीतिहरू लागू गरेर उनीहरूलाई अनुचित रूपमा दबाब दिएको निष्कर्ष अनुसन्धानले निकालेको छ।

के हो विवादको कारण ?




यस विवादको मुख्य कारण एप्पलको एप ट्र्याकिङ ट्रान्सपरेन्सी (एटीटी) फिचर हो । प्रतिस्पर्धा नियामकका अनुसार, एप्पलले थर्ड पार्टी एप डेभलपर्सलाई प्रयोगकर्ताबाट विशेष सहमति लिन बाध्य बनाएको छ । एप्पलले डेटा संकलन र विज्ञापनिक उद्देश्यका लागि डेटालाई आपसमा जोड्ने उद्देश्यका साथ यस्तो बाध्यता एप निर्मातामाथि लादेको ठहर गरिएको छ । यस्तो सहमति एप ट्र्याकिङ ट्रान्सपरेन्सी स्क्रिनमार्फत मात्र लिनुपर्ने व्यवस्थालाई एप्पलले अनिवार्य गरेको छ ।

नियामक निकायका अनुसार एप्पलका यस्ता एप ट्र्याकिङ ट्रान्सपरेन्सी नीतिका सर्तहरू एकपक्षीय रूपमा लागू गरिएका छन् । यी सर्तहरूले एप्पलका व्यवसायिक साझेदारहरूको हितमा नोक्सानी पुर्‍याउने काम गर्छन् । साथै ती नीतिहरू गोपनीयता संरक्षणको लक्ष्यसँग मेल नखाने पनि प्राधिकरणले जनाएको छ।

एप डेभलपर्सलाई एउटै उद्देश्यका लागि बारम्बार प्रयोगकर्तासँग सहमति माग्न बाध्य बनाइनु पनि विद्यमान नियमहरूको उल्लंघन भएको ठहर नियामक निकायको छ।

एप्पलको प्रतिक्रिया

इटालीको नियामक निकायले गरेको उक्त जरिवनाप्रति एप्पलले कडा असन्तुष्टि जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एप्पलले नियामक निकायको उक्त फैसलासँग आफू असहमत रहेको बताएको छ । साथै यस्तो निर्णयले एप ट्र्याकिङ ट्रान्सपरेन्सी प्लेटफर्म प्रयोगकर्तालाई उपलब्ध गराइने महत्त्वपूर्ण गोपनीयता सुरक्षालाई बेवास्ता गरेको दाबी एप्पलको छ।

एप्पलका अनसार एप ट्र्याकिङ ट्रान्सपरेन्सी फिचर प्रयोगकर्ताकै गोपनीयताको रक्षाका लागि लागू गरिएको हो । उक्त फिचरबाट प्रयोगकर्ताले विभिन्न एप तथा वेबसाइटमा आफ्नो गतिविधि ट्र्याक हुने कुरामा नियन्त्रण प्रदान कायम गर्नसक्ने एप्पलको भनाइ छ । उक्त नियम एप्पलसहित सबै डेभलपर्समा समान रूपमा लागू हुने जिकिर पनि एप्पलले गरेको छ ।

साथै जरिवानाको निर्णयविरुद्ध अपील गर्ने भन्दै एप्पलले गोपनीयता सुरक्षा नीतिको रक्षा गर्न प्रतिबद्ध रहने जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्
। पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ । दैनिक रुपमा हजारौं यात्रु पूर्वपश्चिम राजमार्गको यो जंगल हुँदै देशको पूर्वबाट पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम