मुख्य समाचार
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना

युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको ठहर गर्दै नियमाक निकायले यस्तो आदेश दिएको हो।

प्राधिकरणका अनुसार एप्पलले युरोपेली प्रतिस्पर्धा नियमहरूको उल्लंघन गरेको छ । कम्पनीले आफ्नो एप स्टोरमार्फत थर्ड पार्टी एप डेभलपर्समाथि पूर्णनियन्त्रण कायम राख्दै त्यसको गलत फाइदा उठाएको ठहर प्राधिकरणको छ।




यस विषयमा सन् २०२३ को मे महिनामा एप्पलविरुद्ध औपचारिक अनुसन्धान सुरु गरिएको थियो। सन् २०२१ को अप्रिलदेखि एप्पलले थर्ड पार्टी एप निर्मातामाथि अत्यन्त कडा गोपीन‍यता नीतिहरू लागू गरेर उनीहरूलाई अनुचित रूपमा दबाब दिएको निष्कर्ष अनुसन्धानले निकालेको छ।

के हो विवादको कारण ?




यस विवादको मुख्य कारण एप्पलको एप ट्र्याकिङ ट्रान्सपरेन्सी (एटीटी) फिचर हो । प्रतिस्पर्धा नियामकका अनुसार, एप्पलले थर्ड पार्टी एप डेभलपर्सलाई प्रयोगकर्ताबाट विशेष सहमति लिन बाध्य बनाएको छ । एप्पलले डेटा संकलन र विज्ञापनिक उद्देश्यका लागि डेटालाई आपसमा जोड्ने उद्देश्यका साथ यस्तो बाध्यता एप निर्मातामाथि लादेको ठहर गरिएको छ । यस्तो सहमति एप ट्र्याकिङ ट्रान्सपरेन्सी स्क्रिनमार्फत मात्र लिनुपर्ने व्यवस्थालाई एप्पलले अनिवार्य गरेको छ ।

नियामक निकायका अनुसार एप्पलका यस्ता एप ट्र्याकिङ ट्रान्सपरेन्सी नीतिका सर्तहरू एकपक्षीय रूपमा लागू गरिएका छन् । यी सर्तहरूले एप्पलका व्यवसायिक साझेदारहरूको हितमा नोक्सानी पुर्‍याउने काम गर्छन् । साथै ती नीतिहरू गोपनीयता संरक्षणको लक्ष्यसँग मेल नखाने पनि प्राधिकरणले जनाएको छ।

एप डेभलपर्सलाई एउटै उद्देश्यका लागि बारम्बार प्रयोगकर्तासँग सहमति माग्न बाध्य बनाइनु पनि विद्यमान नियमहरूको उल्लंघन भएको ठहर नियामक निकायको छ।

एप्पलको प्रतिक्रिया

इटालीको नियामक निकायले गरेको उक्त जरिवनाप्रति एप्पलले कडा असन्तुष्टि जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एप्पलले नियामक निकायको उक्त फैसलासँग आफू असहमत रहेको बताएको छ । साथै यस्तो निर्णयले एप ट्र्याकिङ ट्रान्सपरेन्सी प्लेटफर्म प्रयोगकर्तालाई उपलब्ध गराइने महत्त्वपूर्ण गोपनीयता सुरक्षालाई बेवास्ता गरेको दाबी एप्पलको छ।

एप्पलका अनसार एप ट्र्याकिङ ट्रान्सपरेन्सी फिचर प्रयोगकर्ताकै गोपनीयताको रक्षाका लागि लागू गरिएको हो । उक्त फिचरबाट प्रयोगकर्ताले विभिन्न एप तथा वेबसाइटमा आफ्नो गतिविधि ट्र्याक हुने कुरामा नियन्त्रण प्रदान कायम गर्नसक्ने एप्पलको भनाइ छ । उक्त नियम एप्पलसहित सबै डेभलपर्समा समान रूपमा लागू हुने जिकिर पनि एप्पलले गरेको छ ।

साथै जरिवानाको निर्णयविरुद्ध अपील गर्ने भन्दै एप्पलले गोपनीयता सुरक्षा नीतिको रक्षा गर्न प्रतिबद्ध रहने जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम