। हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही सरप्राइज अवश्य छ ।
‘क्याप्टेन अमेरिका’ को भूमिकामा चर्चित अभिनेता क्रिस इभान्स यो मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएका छन् । उनलाई यो श्रृंखलामा स्टिभ रोजर्सको भूमिकामा देख्न पाइनेछ ।
चारमध्ये यो पहिलो टिजर भएको बताइएको छ । यो टिजरमा क्रिस इभान्सले बच्चालाई काखमा समातिरहेको देख्न सकिन्छ । लेखिएको छ, ‘स्टिभ रोजर्स एभेन्जर्स डुम्स डेमा फर्किनेछ ।’
जेम्स क्यामरुनको हालै रिलिज भएको फिल्म ‘अवतार : फायर एण्ड यश’ को क्रममा ‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक गरिएको थियो । तर, त्यसको केही समयमै अनलाइन लिक्ड भैदियो ।
‘एभेन्जर्स डुम्स डे’ डिसेम्बर १८, २०२६ मा रिलिज हुनेछ ।