मुख्य समाचार
इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता
इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता

। इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता गरिरहेको छ। गत सिजन चोटका कारण ठूलो खर्च गर्नुपरेको सिटी यसपटक भने प्रिमियर लिग उपाधि दौडमा आर्सनललाई पछ्याउँदै टोली बलियो बनाउने योजनामा छ।

प्रशिक्षक पेप ग्वार्डिओलाले राइट विङलाई बलियो बनाउने हिसाबले योजना बनाइरहेका छन् । घानाका खेलाडी सेमेन्योको तीव्र गति र सिधा अट्याकिङ शैली सिटीका लागि उपयुक्त मानिएको छ। अन्य क्लबको चासो हुँदाहुँदै पनि उनले सिटी रोज्नु ग्वार्डिओलाका लागि सकारात्मक पक्ष भएको पनि सञ्चारमाध्यमहरूमा उल्लेख छ ।




यद्यपी सेमेन्योको आगमनले टोलीबाट एक खेलाडी बाहिरिन सक्छन्। साभिन्हो वा ओस्कार बोबमध्ये एकलाई क्लबले बिदा गर्न सक्ने सम्भावना छ। टोटनहमले साभिन्होका लागि गत समरमा वार्ता गरे पनि सम्झौता हुन सकेको थिएन, र जनवरीमा फेरि प्रयास हुन सक्ने अनुमान गरिएको छ।

सेमेन्योको ६५ मिलियन पाउन्डको रिलिज क्लज जनवरीका पहिलो १० दिन मात्र सक्रिय रहनेछ। ठूलो उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्ने क्लब रोज्ने उनको चाहनाले यो ट्रान्सफर चाँडै टुंगिन सक्ने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम