। २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ का टासी तामाङ रहेका छन् ।
उनी वन्यजन्तुको आखेटोपहार ओसारपसरा मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् ।
काठमाडौंको गोकर्णेश्वरमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको ब्यूरोले जनाएको छ ।