। अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशहरूमा पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लैनचौरमा रहेको युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले कलेज फि, इन्स्योरेन्स पोलिसीका लागि भन्दै २६ लाख ८ हजार ५६५ रुपैयाँ लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।