मुख्य समाचार
सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास
सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

: राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास गरेका छन्। आज दिउँसो शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको भेटवार्तामा सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास भएको हो।




राष्ट्रपति कार्यालय स्रोतका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग राष्ट्रपति पौडेलले आग्रह गरे। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए।


तर पूर्वप्रधानमन्त्रीसमेत रहेका उनीहरूले भने वर्तमान सरकारकै गतिविधिका कारण दलहरू निर्वाचनमा होमिन सक्ने वातावरण नभएको र अहिलेको सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने धारणा राखेका थिए। छलफलमा निर्वाचनमा सुरक्षाको ग्यारेन्टीसमेत गर्न यो सरकारले नसक्ने भएकाले सर्वपक्षीय सरकार गठन गर्नुपर्ने विषयसमेत उठेको स्रोतको भनाई छ।




शीर्ष तीन नेताको अनुहार नै हेर्न मन नलाग्ने बताउँदै आएकी अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसमेत जेनजी आन्दोलनपश्चात पहिलो पटक सहभागी भएर तीनै तीन शीर्ष नेतासँग छलफल गरेकी थिइन्। उनले निर्वाचनका लागि वातावरण बनाउने प्रयासमा सरकार लागि परेको बताइन्। निर्वाचनको वातावरण बनाउन दलहरूसँग थप छलफल गर्ने उनको भनाई छ।

दलका नेताहरुले जेनजीका माग सम्बोधन गर्न पनि प्रतिनिधि सभा आवश्यक भएकाले निर्वाचन भन्दा पनि संसद् पुनर्स्थापना गर्दा चाडो निकास निस्कने धारणा राखेका थिए। उनीहरुले दलहरुको छलफल बिना नै सरकारले पूरा गर्न नसकिने माग राखेर जेनजी सम्झौता गरेर स्टण्ड गर्न खोजेको भन्दै आपत्ति जनाएको स्रोतको भनाई छ। बालुवाटारमा पुगेका शुभचिन्तकसँग प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने अभिव्यक्ति दिँदै आएपनि अतत: सरकार र शीर्ष नेताहरूबीच वार्ताले सरकार र तीन दलबीचको दूरी पनि कम भएको छ।

प्रधानमन्त्री र तीन दलका शीर्ष नेताको राष्ट्रपतिको छलफलपश्चात प्रधानमन्त्री बाहिरिएकी थिइन्। त्यसपश्चात शीर्ष नेता र राष्ट्रपति पौडेलबिच छुट्टै छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाराका दुईजना कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय सुदामा पासवान र अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बैंकिङ कसूर मुद्दामा ...
: बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने ७५ वर्षीय शेख महमद अली र सहोदर दाइ शेख आश महमदलाई जिल्ला अदालत रौतहटले कारागार चलान गर्ने आदेश गरेको छ। उनीहरू गत मंसिर ८ गते आफ्नो १८ वर्षीया बुहारीलाई हत्या गरेर घरभित्रै खाल्डोमा पुरेर हत्या गरि बेपत्ता भएका थिए। मृतक १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ...
: प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी छन्। बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर परेको भन्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी हुन्। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन ...
: नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्। आयोगले भोलिलाई (शुक्रबार) बोलाएको तर सोमबार मात्रै जाने उनले बताए। 'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न गठित ...
: राहदानी विभागले गत मंसिर १५ गतेसम्म आवेदन दिएकालाई पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराउने जनाएको छ। कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने जनाएको छ। विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम