मुख्य समाचार
महाधिवेशन र समानुपातिक सूची तयार गर्ने विषयमा छलफल
महाधिवेशन र समानुपातिक सूची तयार गर्ने विषयमा छलफल

: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार पनि महाधिवेशन र समानुपातिक सूची तयार गर्ने विषयमा छलफल भएको छ । बिहीबारको बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक सूची तयार गर्नका लागि बिभिन्न मापदण्डका बारेमा छलफल भइरहेको जानकारी दिए।

युवाहरुको भावनालाई बुझ्न सक्ने, संसदमा प्रभावकारी निर्वाह गर्न सक्ने, अवसर प्राप्त गर्न नसकेकाहरुर्ला समेटेर सबै जिल्ला समावेश हुने गरि समानूपातिक सूची तयार गरिने उनले बताए ।


त्यस्तै महाधिवेशनको कार्यतालिकाका आधारमा तयारी गर्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । प्रवक्ता महतले क्रियाशिल सदस्यताको विवादका कारण जिल्ला अधिवेशन समयमा नै हुने नदेखिएको बताए।

उनले पार्टीका सदस्यहरुले कसैले कसैलाई दोष नदिइ विधिसम्मत रुपमा क्रियाशिल सदस्यताको विषयलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । केन्द्रीय समिति बैठक केहि दिन चल्ने उनले बताए।

महतले महामन्त्री गगन थापालाई पार्टीमा आफ्नो जिम्मेवारी भुलेर अतिरञ्जित हुने गरी प्रस्तुत नहुन आग्रह गरे। उनले गगनलाई भने, ‘म त पार्टीको प्रवक्ता जिम्मेवार ढंगले प्रस्तुत हुन्छु्। उहाँ त झन् पार्टीको महामन्त्री हुनुहुन्छ, उहाँबाट सम्पूर्ण नेता कार्यकर्ता सबै साथीहरूले जिम्मेवारीको अपेक्षा गर्छन्। त्यसैले कुनै विषयलाई पनि हामीले अतिरञ्जित गर्ने गरी सार्वजनिक गर्न हुँदैन, अब कमिटीको बैठकमा जे भएको त्यही राखिरहेको छु त्यो कुरा हामीले गर्नुपर्‍यो। अहिले कसैलाई दोष दिने कुरा छैन। सभापतिले कार्यवाहक सभापतिले सबै जिम्मेवारी दिनुभएको छ।’

बुधबार महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएपनि आफैँ शक्ति प्रयोग गरिरहेको भन्दै आक्रोश पोखेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाराका दुईजना कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय सुदामा पासवान र अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बैंकिङ कसूर मुद्दामा ...
: बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने ७५ वर्षीय शेख महमद अली र सहोदर दाइ शेख आश महमदलाई जिल्ला अदालत रौतहटले कारागार चलान गर्ने आदेश गरेको छ। उनीहरू गत मंसिर ८ गते आफ्नो १८ वर्षीया बुहारीलाई हत्या गरेर घरभित्रै खाल्डोमा पुरेर हत्या गरि बेपत्ता भएका थिए। मृतक १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ...
: प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी छन्। बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर परेको भन्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी हुन्। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन ...
: नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्। आयोगले भोलिलाई (शुक्रबार) बोलाएको तर सोमबार मात्रै जाने उनले बताए। 'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न गठित ...
: राहदानी विभागले गत मंसिर १५ गतेसम्म आवेदन दिएकालाई पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराउने जनाएको छ। कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने जनाएको छ। विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम