मुख्य समाचार
कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्
कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्

: नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्।

आयोगले भोलिलाई (शुक्रबार) बोलाएको तर सोमबार मात्रै जाने उनले बताए। 'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु्,'उनले भने,'उहाँले भोलिलाई बोलाउनु भएको छ। तर, म सोमबार जान्छु।'


पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटना छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। आयोगले घटनाको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान लिइसकेको छ। अब तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिन लागेको छ।

लेखकको बयानपछि ओलीको बयान लिने आयोगको तयारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बाराका दुईजना कैदीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय सुदामा पासवान र अदालतले तोकेको धरौटी रकम तिर्न नसकेपछि बैंकिङ कसूर मुद्दामा ...
: बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने ७५ वर्षीय शेख महमद अली र सहोदर दाइ शेख आश महमदलाई जिल्ला अदालत रौतहटले कारागार चलान गर्ने आदेश गरेको छ। उनीहरू गत मंसिर ८ गते आफ्नो १८ वर्षीया बुहारीलाई हत्या गरेर घरभित्रै खाल्डोमा पुरेर हत्या गरि बेपत्ता भएका थिए। मृतक १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा ...
: प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी छन्। बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर परेको भन्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताएकी हुन्। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन ...
: राहदानी विभागले गत मंसिर १५ गतेसम्म आवेदन दिएकालाई पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराउने जनाएको छ। कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने जनाएको छ। विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो ...
: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार पनि महाधिवेशन र समानुपातिक सूची तयार गर्ने विषयमा छलफल भएको छ । बिहीबारको बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिक सूची तयार गर्नका लागि बिभिन्न मापदण्डका बारेमा छलफल भइरहेको जानकारी दिए। युवाहरुको भावनालाई बुझ्न सक्ने, संसदमा प्रभावकारी निर्वाह गर्न सक्ने, अवसर प्राप्त गर्न नसकेकाहरुर्ला समेटेर सबै जिल्ला समावेश ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम