मुख्य समाचार
टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु
टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु

: टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्रीले सेना प्रमुखको निधन भएको पुष्टि गरेका छन्।

मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा जनरल मोहम्मद अली अहमद अल-हद्दाद र अन्य चारजना सवार थिए।


सामाजिक सञ्जालमा एक पोस्ट गर्दै टर्कीका गृहमन्त्री अली येर्लिकायले व्यापारिक जेटले स्थानीय समय अनुसार २०:५२ मा संकेत गुमाएको बताएका छन्थि। उक्त विमान अंकारा विमानस्थलबाट उडेको थियो।

त्रिपोली जाँदै गरेको जेटले सम्पर्क विच्छेद हुनुअघि आपतकालीन अवतरणको लागि अनुरोध गरेको थियो। विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिममा फेला परेको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ। अमेरिकाले जारी गरेको सुरक्षा सतर्कतामा आर्मेनिया वा टर्की हुँदै इरान छोड्न कुरामा पनि विचार गर्न आग्रह गरिएको छ। अमेरिकाले त्यहाँ रहेका नागरिकलाई सञ्चारका वैकल्पिक उपायका बारेमा सोच्न तथा सुरक्षित रहन पनि आग्रह गरेको छ। इरानमा हाल सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट सेवामा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची ओमान पुगेका छन्। उनले शुक्रबार राजधानी मस्कटमा अमेरिकी राजदूतहरूसँग वार्ता गर्ने कार्यक्रम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएका छन्। इरानले आणविक मुद्दामा वार्ता गर्न तयार रहेको बताएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा वार्ता नगर्ने ...
: रुसको राजधानी मस्कोमा रुसी सेनाका जनरलमाथि गोली प्रहार भएको छ। लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेयेभलाई गोली हानी घाइते बनाइएको हो। शुक्रबार बिहान मस्कोको उत्तरपश्चिमी बाहिरी क्षेत्रमा रहेको भोलोकोलाम्स्कोय राजमार्ग नजिकैको एक आवासीय भवनमा उनीमाथि आक्रमण भएको बीबीसीमा समाचार छ। आक्रमणपछि गम्भीर घाइते अलेक्सेयेभलाई तत्काल अस्पतालमा भर्ना गरिएको भए पनि उनको स्वास्थ्य अवस्थाबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा सीले ताइवानलाई चीन–अमेरिका सम्बन्धको 'सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा' का रूपमा उल्लेख गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ताइवानलाई हतियार उपलब्ध गराउने विषयमा अमेरिका ‘सावधानी’ अपनाउनुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले यस कदमले क्षेत्रीय स्थिरता र दुई देशबीचको सम्बन्धमा ...
डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ । आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामग्रीहरू गुमाएको एमएसएफले बताएको छ । दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र ...