मुख्य समाचार
नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि सुरू हुने
नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि सुरू हुने

: शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि सुरू हुने भएको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब,सशस्त्र प्रहरी बलको एपीएफ क्लब,न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोलीको सहभागिता रहने छ आयोजकले जनाएको छ ।


सहभागी टोलीलाई २ समूहमा विभाजन गरि लिग कम नकआउटका‌ आधारमा हुने बताइएको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार र उपविजेताले २ लाख ५० हजार तथा तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँसँगै अन्य पुरस्कार प्रदान गरिने र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम