मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम आउँदो चुनावका लागि पनि गोरखाबाट सिफारिस
प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम आउँदो चुनावका लागि पनि गोरखाबाट सिफारिस

: गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम आउँदो चुनावका लागि पनि गोरखाबाट सिफारिस भएको छ। निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डको नाम आउँदो फागुन २१ गते हुन लागेको चुनावमा भने गोरखा १ बाट सिफारिस गरिएको नेकपा गोरखाका इञ्चार्ज अमर तमुले जानकारी दिए।




जिल्ला कार्यालयको बिहीबार बिहान सम्पन्न विस्तारित बैठकले गोरखा-१ बाटै हरिराज अधिकारी, जगनाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिस गरेको उनले जानकारी दिए।


त्यस्तै प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा २ बाट नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरी पठाएको इञ्चार्ज अमर तमुले बताए।




राष्ट्रिय सभा निर्वाचनका लागि पनि नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको नाम सिफारिस गरी पठाएको छ। राष्ट्रिय सभाका लागि खोपबहादुर कँडेल, स्थिरप्रसाद खनाल, दुर्गा न्यौपाने भट्टराईको नाम सिफारिस गरिएको उनले बताए।

त्यस्तै विस्तारित बैठकले समानुपातिक उम्मेदवारका लागि पनि नाम सिफारिस गरी पठाएको पार्टीले जनाएको छ। समानुपातिक उम्मेदवारका लागि कमला नहर्की, भगवती तिवारी, छमबहादुर गुरुङ, कञ्चन कुमाल, सुदीप नगरकोटी र कविता अर्यालको नाम सिफारिस गरिएको अमर तमुले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल देउवा निवास महाराजगन्जमा पुगेका हुन् । सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। मन्त्री हुनु अगाडि टेलिभिजनमा काम गर्दै आएका खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेका हुन्। उनी २०७८ असोजमा दोलखा ...
: खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका- ४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए। घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी ...
: रौतहटमा जाडो बढ्दै गएपछि जनजीवन प्रभावित हुन थालेको छ। बाक्लो हुस्सु र शीतलहरूका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने धेरै पालिकाले विद्यालय बन्द गरेका छन्। चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण सुरू गरेको छ। चन्द्रपुर नगरपालिकाभित्र र पालिकाहरूले मागेको स्थान,सर्वसाधारणको बढी आवतजावत हुने स्थान,चोक–चौतारा तथा ...
: निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम खारेज गरेको जनाएको छ। आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल ...
: खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। खोटाङका विभिन्न पालिकाहरूका गाउँ–टोलमा जडिबुटी,धामी–झाँक्री,सरसामान बिक्री गर्ने तथा बास माग्ने बहानामा स्थानीयको घरमा प्रवेश गरी चोरी,लुटपाटजस्ता आपराधिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम