मुख्य समाचार
एमालेका भोलेन्टियर कुलतमा नलागी उच्च आदर्श र कर्तव्यपालनाका साथ महाधिवेशनमा होमिएको भन्दै भन्दै प्रशंसा
एमालेका भोलेन्टियर कुलतमा नलागी उच्च आदर्श र कर्तव्यपालनाका साथ महाधिवेशनमा होमिएको भन्दै भन्दै प्रशंसा

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका युवाले आदर्शपन देखाएको बताएका छन्। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका भोलेन्टियर कुलतमा नलागी उच्च आदर्श र कर्तव्यपालनाका साथ महाधिवेशनमा होमिएको भन्दै भन्दै प्रशंसा गरे।

३ दिन आयोजना गर्ने भनिएको महाधिवेशन ६ दिन लागेपनि एमालेका युवा तदारुकताका साथ लागि परेको उल्लेख गरे। उनले थपे, ‘रात दिन नभनी खट्नुभयो। कुनै प्रकारको गुनासो आएन, यो समर्पण, निष्ठा र अनुशासनका लागि धन्यवाद, कुनै युवा दुर्व्यसनीमा लागेको पाइएन।’null


ओलीले अरु पार्टीको कार्यक्रम भएको भए आपसमा मारामार हुन्थ्यो होला, के के पिएर सोत्रम भइसक्थे तर हाम्रोमा नदेखिएको दाबि गरे। बालेनको नाम नलिइ ओलीले व्यङ्ग्य गर्दै नसामा भेटिने गरेको उल्लेख गरे। उनले भने,‘देशका चर्चित भनिएका मान्छेहरू नसामा भेटिन्छन्। चर्चामा ल्याउन खोजिएका मान्छे नसामा हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुर्व्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुर्व्यसनीमा भएकाहरूले पनि छाड्नुभयो भने म धेरै खुसी हुन्थेँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल देउवा निवास महाराजगन्जमा पुगेका हुन् । सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। मन्त्री हुनु अगाडि टेलिभिजनमा काम गर्दै आएका खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेका हुन्। उनी २०७८ असोजमा दोलखा ...
: खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका- ४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए। घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी ...
: रौतहटमा जाडो बढ्दै गएपछि जनजीवन प्रभावित हुन थालेको छ। बाक्लो हुस्सु र शीतलहरूका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने धेरै पालिकाले विद्यालय बन्द गरेका छन्। चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण सुरू गरेको छ। चन्द्रपुर नगरपालिकाभित्र र पालिकाहरूले मागेको स्थान,सर्वसाधारणको बढी आवतजावत हुने स्थान,चोक–चौतारा तथा ...
: निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम खारेज गरेको जनाएको छ। आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल ...
: खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। खोटाङका विभिन्न पालिकाहरूका गाउँ–टोलमा जडिबुटी,धामी–झाँक्री,सरसामान बिक्री गर्ने तथा बास माग्ने बहानामा स्थानीयको घरमा प्रवेश गरी चोरी,लुटपाटजस्ता आपराधिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम