मुख्य समाचार
वीरगन्जका जेनजी पुस्ताका युवाहरूले नदीमा प्रदूषण गरिरहेका उद्योगहरुलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगन्ज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी
वीरगन्जका जेनजी पुस्ताका युवाहरूले नदीमा प्रदूषण गरिरहेका उद्योगहरुलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगन्ज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी

: सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउने अभियान थालेका वीरगन्जका जेनजी पुस्ताका युवाहरूले नदीमा प्रदूषण गरिरहेका उद्योगहरुलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगन्ज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन्।

वीरगन्ज शहरको लाइफलाइनका रूपमा रहेको सिर्सिया नदी पर्सा–बारामा रहेका उद्योगहरुका कारण करिब तीन दशकदेखि प्रदूषित छ। नदीलाई प्रदुषणमुक्त बनाउन वीरगन्ज महानगरपालिका लगायतका संस्थाले विगत एक दशकदेखि विभिन्न प्रयास गरेपनि नदी अझ प्रदुषणमुक्त हुन सकेको छैन।


त्यसैकारण अब आँफै अगाडि सरेका जेनजी पुस्ताका युवाहरुले गत शनिबारदेखि सिर्सिया नदी बचाउ अभियान थालेका हुन्। अभियानको पहिलो दिन गत शनिबार उनीहरूले नदीको फोहोर पानी बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर सिर्सिया नदीको उपहार भन्दै दिएका थिए।




बुधबार वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलाई ज्ञापनपत्र बुझाउँदै युवाहरुले नदी प्रदूषित गर्ने उद्योगहरूलाई वीरगन्ज उद्योग वाणिज्य संघले ७२ घण्टाभित्र कारबाहीको दायरामा नल्याए आगामी शनिबारदेखि उद्योग वाणिज्य संघकै विरोधमा आन्दोलन थाल्ने चेतावनी दिएका हुन्।

पर्सा-बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूले वर्षौदेखि नदीमा औद्योगिक फोहोर, रासायनिक प्रदूषण, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू निरन्तर रूपमा विसर्जन गर्दै आएको कारण कारण नदीको पानी पूर्ण रूपमा प्रदूषित भएको सिर्सिया नदी बचाउ अभियानका अगुवा किसु सर्राफले बताए। नदी प्रदुषित हुदाँ नदी आसपासका दर्जनौ मानवबस्तीका स्थानीयको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गरेको र खेतीयोग्य जमिनको उर्वराशक्तिपनि नष्ट भएको भन्दै उनले नदीमा जलचर जीवहरू पनि लोप हुँदै जाँदा समग्र जैविक विविधता तथा वातावरणीय सन्तुलनमा ठूलो क्षति पुगेको बताए।

पर्सा-बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुको छाता संगठन वीरगन्ज उद्योग वाणिज्य संघले ७२ घण्टाभित्रै ती उद्योगहरूलाई कारबाही दायरामा नल्याए आगामी शनिबारदेखि आफूहरू बाध्य भएर सशक्त आन्दोलनमा उत्रने चेतावनी उनले दिए। उद्योगहरूलाई कारबाही नगरिए र नदीको प्रदूषण नरोकिए शनिबारदेखि वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालय परिसरमा अनिश्चितकालीन धर्ना र विरोध प्रदर्शनका कार्यक्रमहरू थाल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल देउवा निवास महाराजगन्जमा पुगेका हुन् । सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। मन्त्री हुनु अगाडि टेलिभिजनमा काम गर्दै आएका खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेका हुन्। उनी २०७८ असोजमा दोलखा ...
: खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका- ४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए। घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी ...
: रौतहटमा जाडो बढ्दै गएपछि जनजीवन प्रभावित हुन थालेको छ। बाक्लो हुस्सु र शीतलहरूका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने धेरै पालिकाले विद्यालय बन्द गरेका छन्। चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण सुरू गरेको छ। चन्द्रपुर नगरपालिकाभित्र र पालिकाहरूले मागेको स्थान,सर्वसाधारणको बढी आवतजावत हुने स्थान,चोक–चौतारा तथा ...
: निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम खारेज गरेको जनाएको छ। आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल ...
: खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। खोटाङका विभिन्न पालिकाहरूका गाउँ–टोलमा जडिबुटी,धामी–झाँक्री,सरसामान बिक्री गर्ने तथा बास माग्ने बहानामा स्थानीयको घरमा प्रवेश गरी चोरी,लुटपाटजस्ता आपराधिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम