: पर्साको धुताहा खोलाको बगरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बिन्दवासिनी गाँउपालिका-५ प्रसौनीभाठास्थित धुतहा खोलाको बगरबाट मंगलबारराति सशस्त्र प्रहरीले ८ वटा ठूलो पोकामा रहेको १ सय २० केजी लागू औषध गाँजा बरामद गरेको हो।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बेस क्याम्प प्रसौनिभाठाबाट खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्ब १३ गण हेढ।क्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।
धुताहा खोलाको बगरमा सशस्त्र प्रहरीको टोली पुग्दा गाँजा बोकेर गइरहेका मान्छेहरु गाँजाको भारी छाडेर फरार भएकाले उनिहरुलाई भने पक्राउ गर्न नसकिएको योञ्जनले बताए। बरामद गाँजा आवश्यक कारबाहीका लागि बुधबार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको जानकारी उनले दिए।