मुख्य समाचार
घरको रेलिङबाट लडेर बालकको मृत्यु
घरको रेलिङबाट लडेर बालकको मृत्यु

: खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ। गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका- ४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए।

घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। बालकको उपचारको क्रममा बुधवार साँझ सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक जना घाइते भएका छन्।


हिजो साँझ ६ बजे मेचीनगर नगरपालिका–१३ चारआलीमा रहेको हातेमालो सामुदायिक वनभित्र दाउरा लिन गएका स्थानीय २६ वर्षीय आकाश दाहाललाई अचानक आएको एउटा हात्तीले आक्रमण गरी घाइते बनाएको हो। घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टामा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। शुक्रबार बिहान देउवालाई भेट्न मन्त्री खरेल देउवा निवास महाराजगन्जमा पुगेका हुन् । सचिवालयका अनुसार उनीहरुबिच आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको छ। मन्त्री हुनु अगाडि टेलिभिजनमा काम गर्दै आएका खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेका हुन्। उनी २०७८ असोजमा दोलखा ...
: रौतहटमा जाडो बढ्दै गएपछि जनजीवन प्रभावित हुन थालेको छ। बाक्लो हुस्सु र शीतलहरूका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ भने धेरै पालिकाले विद्यालय बन्द गरेका छन्। चिसो बढ्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा आगो ताप्न दाउरा वितरण सुरू गरेको छ। चन्द्रपुर नगरपालिकाभित्र र पालिकाहरूले मागेको स्थान,सर्वसाधारणको बढी आवतजावत हुने स्थान,चोक–चौतारा तथा ...
: निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाउने दलहरूको दर्ता राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिम खारेज गरेको जनाएको छ। आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल ...
: खोटाङमा अपरिचित व्यक्तिहरूबाट हुने चोरी र लुटपाटका घटनामा सतर्क रहन सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूको शंकास्पद गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारण नागरिकलाई सतर्क रहन आग्रह गरेको हो। खोटाङका विभिन्न पालिकाहरूका गाउँ–टोलमा जडिबुटी,धामी–झाँक्री,सरसामान बिक्री गर्ने तथा बास माग्ने बहानामा स्थानीयको घरमा प्रवेश गरी चोरी,लुटपाटजस्ता आपराधिक ...
: नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन सडक संघर्ष गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विप्लवले वर्तमान सरकारले जेनजीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवाहरूलाई समेत साथमा लिएर सडक संघर्ष गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम