। निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारेको छ ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो बताएका हुन् ।
समानुपातिकतर्फको निर्वाचन तालिका हेरफेरबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा जवाफ दिँदै उनले भने, ‘यो कार्यक्रम संशोधन र परिवर्तन गर्ने पक्षमा आयोग छैन ।’
साथै, उनले अब निर्वाचन हुन्छ कि हुँदैन भनेर छलफल गर्नु आवश्यक नरहेको पनि बताए ।
‘हाम्रो डिस्नेरीमा अब निर्वाचन हुँदैन कि भन्ने शब्द छैन,’ भण्डारीले भने ।
‘कहीँ कतैबाट कसैले पनि निर्वाचनमा भाग नलिने भनेको सुनिएको छैन । यसकारण निर्वाचनको विपक्षमा कोही पनि छैन,’ उनले भने ।
विगतमा भन्दा यसपटक निर्वाचन आचारसंहितामा कडाइ गर्न लागिएको उनको भनाइ छ ।
कतिपय दलले समानुपातिक तर्फको बन्द सुची पेस गर्ने समय थप गर्न माग गरेका छन् । यसअघि सर्वपक्षीय छलफलकै क्रममा नेपाली कांग्रेसले यस्तो माग राखेका थिए ।
आयोगको तालिकाअनुसार यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समय छ ।