मुख्य समाचार
विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना
विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।

मंगलबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१४ को थाकखोला थकाली भान्साघरलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–१ को इन्द्रेणाी फुड वर्ल्ड एन्ड ब्यांक्वेट प्रालिलाई २० हजार रुपैयाँ र काठमाडौं–१३ को पाकशाला प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ ।

यसैगरी बुधबार काठमाडौं–९ सिनामंगलको ऊँ आमाको भान्साघरलाई १० हजार रुपैयाँ र काठमाडौं–९ गौरीगाउँको लेकाली किचेन एन्ड कटिया हाउसलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस अवधिमा विभागले अनुगमन गरेकामध्ये ४९ फर्मलाई सामान्य निर्देशन मात्रै दिएको छ ।

शुक्रबार विभागको अनुगमन टोलीले ललितपुर–१० को जुली बेक एन्ड पेस्ट्रीलाई ५ हजार र काठमाडौं–३२ जडीबुटीको जिरी खिम्ती होटल रेस्टुरेन्टलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

पछिल्लो समय विभागले दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम