मुख्य समाचार
विशेष महाधिवेशन अनिवार्य बनेको बताए
विशेष महाधिवेशन अनिवार्य बनेको बताए

। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य बनेको बताएका छन् । विशेष महाधिवेशन पक्षधरले पेश गरेको स्मरणपत्र बुझ्दै महामन्त्री थापाले विधान नमान्ने सुविधा कसैलाई नरहेको बताए ।

महाममन्त्री थापाले स्मरणपत्र कार्यसम्पादन समितिको बैठकमा जानकारी गराउने बताए । ‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौं । विधान नमान्ने सुविधा कसैलाई पनि छैन,’ महामन्त्री थापाले भने ।


विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित हस्ताक्षर पेश गरेको तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार २९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गरेको प्रस्ताव पेश गरिएको थियो ।

केन्द्रीय कार्यालयमा महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका थिए । स्मरणपत्र बुझेपछि प्रतिक्रिया दिँदै महामन्त्री थापाले जारी कार्यसम्पादन समितिको बैठकमा यो विषयलाई जानकारी गराउने बताए ।

‘विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमिति भित्रको अनिवार्य जिम्मेवारी भित्र पर्दछ । यो ऐच्छिक विषय रहेन । १५ औं महाधिवेशन भएको भए यो मागको आफैं सार्थकता सकिन्थ्यो,’ महामन्त्री थापाले विशेष महाधिवेशन मागकर्तालाई भने, ‘तपाई‌ंको मागलाई सम्बोधन गर्नु अनिवार्य हुन्छ । यो अनिवार्य विषयमा केन्द्रीय समितिले कसरी काम गर्ने विषयलाई बैठकमा राख्छौं ।’

विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशन भयो भने विशेषको माग स्वत: निष्क्रिय हुने बताएका थिए । विधानको कार्यान्वयन गर्नु दुई महामन्त्रीकै कर्तव्य हुने अर्का महामन्त्री शर्माले बताए । उनले भने, ‘यो मागमा कार्यसम्पादन समितिले उपयुक्त निर्णय गरेर अघि बढ्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनपछि देशले नेतृत्व खोजिरहेको बेला मौनप्रायः बसेका काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजनीतिक भेटघाट तीव्र बनाएसँगै नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । मंगलबार राति भर्खरै थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग झन्डै ६ घण्टा लामो संवादलाई बुधबार बालेनले निरन्तरता दिए- विभिन्न जेनजी समूहका अगुवा, वैकल्पिक राजनीतिमा सक्रिय युवाहरू ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । परियारलाई पार्टी प्रवेश ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली भेगमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडीत भएको भन्दै तीन वटै तहका सरकारलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् । त्यस्तै उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग संकलन जुटाउन र समन्वय गर्न पार्टीका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम