मुख्य समाचार
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन्
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन्

। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताएका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले आफू मन्त्रिपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर आफू मन्त्री बनेको बताए ।




‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदुतहरूको आफूले विभिन्न मुलुकमा गरेका कामहरू हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ,’ उनले भने ।

निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने रहेछ भने सही तरिकाले सहकार्य गर्ने उनले बताए । मित्र राष्ट्रहरूसँगको सम्बन्ध सकारात्मक रुपमा अघि बढाउने प्रतिबद्धता पनि जनाए ।




‘मैले छिमेकी देशहरूसँग सकारात्मक रुपमा भूमिका खेल्छु । उनीहरू उदयीमान देश हुन् । सहकार्य गर्दै अघि बढ्न सकिन्छ । अहिले मुलुक चुनावमय भइसकेकै छ । गति लिइसकेको छ । चुनावमा मन्त्रालयले छिमेकी र कुनै देशसँग सहकार्य गर्नुपर्ने रहेछ भने सही तरिकाले उठान गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनपछि देशले नेतृत्व खोजिरहेको बेला मौनप्रायः बसेका काठमाडौं महानगरका प्रमुख बालेन शाहले राजनीतिक भेटघाट तीव्र बनाएसँगै नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । मंगलबार राति भर्खरै थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग झन्डै ६ घण्टा लामो संवादलाई बुधबार बालेनले निरन्तरता दिए- विभिन्न जेनजी समूहका अगुवा, वैकल्पिक राजनीतिमा सक्रिय युवाहरू ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । परियारलाई पार्टी प्रवेश ...
। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन् । बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले आम निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन,’ थापालाई उद्धृत गर्दै एक पदाधिकारीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली भेगमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रचण्डले गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडीत भएको भन्दै तीन वटै तहका सरकारलाई सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् । त्यस्तै उनले प्रभावित समुदायका लागि आवश्यक सहयोग संकलन जुटाउन र समन्वय गर्न पार्टीका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम