मुख्य समाचार
स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ
स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ

बारम्बार कार्यालय समयको पालना नगर्दा अर्थात् कार्यस्थलमा ढिलो आउँदा कारबाही हुनु तथा पटक पटकको चेतावनीपछि जागिर नै गुम्नुलाई आश्चर्य मानिँदैन । तर स्पेनमा एक महिलाले कार्यालय समय सुरु हुनुभन्दा धेरै छिटो कार्यालयमा आउँदा समेत जागिर गुमाउनु परेको छ ।

त्यसरी तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्नुलाई स्पेनको स्थानीय अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।

स्पेनको अलिकान्तेमा एक डेलिभरी कम्पनीमा कार्यरत एक महिला कर्मचारी धेरै पटक तोकिएको समय भन्दा अगाडि नै कार्यालय आउन थालिन् । लगातार चेतावनी दिँदा पनि तोकिएको समयभन्दा पहिले कार्यस्थलमा आउने गरेको भन्दै कम्पनीले बर्खास्त गरेको थियो।

आफूलाई बर्खास्त गर्ने कम्पनीको निर्णयविरुद्ध ती महिलाले अदालत पुगिन् । अदालतले भने उनलाई बर्खास्त गर्ने कम्पनीको निर्णय सदर गरिदियो ।


समाचार अनुसार बर्खास्तीमा परेकी ती महिलाको करार सम्झौता अनुसार काम गर्दै आएकी थिइन् । सम्झौताअनुसार उनले काम सुरु गर्ने आधिकारिक समय बिहान ७:३० बजे थियो । तर उनी हरेक दिन बिहान ६:४५ देखि ७:०० बजेभित्रै कार्यस्थलमा उपस्थित हुन्थिन्।

व्यवस्थापन पक्षले सन् २०२३ मा नै उनलाई त्यति चाँडो अफिस आउने बानी सुधार गर्न लिखित रूपमा चेतावनी दिएको थियो । व्यवस्थापनको तर्क थियो कि- निर्धारित समयभन्दा धेरै छिटो आउनुपर्ने कुनै काम नै नभएको र त्यसले कम्पनीलाई कुनै योगदान नगरेको कारण उनको त्यो कार्य अनुचित थियो । ती कर्मचारीले व्यवस्थापनको आदेशलाई लगातार बेवास्ता गरेपछि कम्पनीले यस वर्षको सुरुमा उनलाई अविश्वसनीयता, विश्वासको उल्लंघन र अवज्ञाको आरोप लगाउँदै बर्खास्त गरेको थियो।

कम्पनीको निर्णयविरुद्ध उनले अलिकान्तेको सामाजिक अदालतमा दायर गरेको मुद्दामा अदालतले अनपेक्षित रूपमा रोजगारदाताको पक्षमा फैसला गर्‍यो । अदालतले आफ्नो फैसलामा कर्मचारीको बानीलाई ‘खराब आचरण’ मान्नुपर्ने बलियो कारणहरू प्रस्तुत गर्‍यो ।

अदालतले भनेको छ- कर्मचारीको आचरणले कम्पनी र व्यवस्थापनबीचको विश्वास र वफादारीको सम्बन्धमा गम्भीर असर पारेको छ । कम्पनीको पटक-पटकको चेतावनीका बावजुद ती कर्मचारी निर्धारित समयभन्दा चाँडो अफिस प्रवेश गर्ने कुरामा जिद्दी गरिन् । उनको यस्तो व्यवहार आज्ञा पलना नगर्नु र विश्वास भंग गर्ने व्यवहार हो, जसले रोजगार सम्बन्ध समाप्त गर्न जायज ठहर्‍याउँछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...