मुख्य समाचार
अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते
अर्घाखाँचीमा विद्यार्थी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते

: अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर- १० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको हो ।


दुर्घटनामा चालक भूमिकास्थान- १० धनचौरका ४५ वर्षयीय रुद्रबहादुर बुढा मगरको मृत्यु भएको अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका १६ जनाको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।


भूमिकास्थान नगरपालिकाले आजदेखि सुरु गर्न लागेको पालिकास्तरीय राष्ट्रपति रनिंग शील्ड प्रतियोगीतामा भाग लिन जाँदै गरेको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भएपछि राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीताका सम्पूर्ण खेलहरू स्थगित गरिएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ। गृहले केन्द्रीय व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई सरुवा गरेको हो। यसअघि उनी नुवाकोटका सीडीओ थिए। त्यस्तै सहसचिव राजन पौडेललाई भोजपुर, सहसचिव लक्ष्मी प्रसाद पौडेललाई पर्वतको सीडीओ, सहसचिव रेखा कँडेललाई खोटाङको सीडीओ, सहसचिव शान्तिराज प्रसाईलाई प्युठानको सीडीओ र उमेश ढुंगनालाई लमजुङको सीडीओमा सरुवा ...
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन अनिवार्य भइसकेको बताएका छन्। विशेष महाधिवेशन पक्षधरको पत्र बुझ्दै महामन्त्री थापाले पार्टीको विधानमै विशेष महाधिवेशनको प्रावधान रहेको र त्यो अनिवार्य भइसकेको बताए। महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन नहुने स्थिति आएका कारण विशेष महाधिवेशन गर्नैपर्ने बताए। 'विशेष महाधिवेशनको स्मरण पत्र पाएका छौं। यो पत्रबारे चालु केन्द्रीय कार्यसम्पादन ...
: बिना भिसा भारततर्फ जान लागेका एक अमेरिकी नागरिक पक्राउ झापाको भद्रपुर नाकामा पक्राउ परेका छन्। आज दिउँसो साढे १ बजे भद्रपुर नगरपालिका-५ स्थित मेची पुल पारी सीमा नाका तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा अमेरिकन नागरिक ३६ वर्षीय मार्क एन्ड्रयु क्युटीलोस्कीलाई नियन्त्रणमा लिएको हो। अमेरिकाबाट थाइल्यान्ड हुँदै नेपाल भ्रमणमा आएका क्युटीलोस्कीको भिसा म्याद सकिएको दुई महिना ...
:सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिट खारेज गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा,नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आयोगका अध्यक्षसहित तीनजनाविरुद्धको परेको रिट खारेज गर्ने निर्णय सुनाएको हो। यसअघि सर्वोच्चले उक्त रिटमा लिखित जवाफ माग गर्दै कारण ...
: निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस अब समाप्त भएको बताएका छन्। शुक्रबार निर्वाचन आयोगमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना शुभारम्भ कार्यक्रममा बोल्दै उनले आयोग घोषित मितिमै देशभर एकै पटकमा र्वाचन गराउने तयारीमा धेरै अघि बढिसकेको र अब फर्किन नसकिने अवस्थामा पुगेको स्पष्ट पारे। उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम