: राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक रहेका जगत टमाटासहित कुमार लामा घिसिङ, शान्त कुमार महता, राजेश खड्का र प्रयास कार्की राखेप बोर्ड सदस्यमा नियुक्त भएका हुन्।
युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको पाँच सदस्यको कोटामा यी ५ जनालाई मनोनीत गर्दै कोटा पुरा गरेको हो।
पाँचै जनालाई शुक्रबार युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शपथ ग्रहण गराएका हुन्।