मुख्य समाचार
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित

: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्।


महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल पुलिसले विजयी सुरुवात गरेको हो। पुलिसले २५-१०, २५-६ र २५-११ ले खेल आफ्नो पक्षमा पार्दै सोझो सेटमा खेल टुंग्याएको हो।


महिलातर्फकै दोस्रो खेलमा एभरेष्ट महिला क्लबलाई हराउँदै अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो। आर्मीले एभरेष्टलाई ३-० को सोझो सेटले पराजित गरेको हो। आर्मीले एभरेष्टलाई २५-१६, २५-१४ र २५-२३ ले हराएको हो।




पुरुष तर्फको पहिलो खेलमा विभागीय क्लब नेपाल पुलिसले ढोरपाटन क्लबलाई ३-१ ले पराजित गर्यो। नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५-२०, २५-१४, ३३-३५ र २५-१४ गरेको हो। पहिलो र दोस्रो सेट जितेको पुलिसले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा पुनरागमन गर्दै खेल जितेको हो।

पुरुष तर्फको दोस्रो खेलमा एपिएफलाई हेल्प नेपाल स्पोट्स क्लबले ३-० को सोझो सेटमा पराजित गर्यो। हेल्प नेपालले एपिएफलाई २५-२१, २५-२० र २५-२० ले पराजित गर्यो। आजको खेलमा नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोलीले ३ अंक जोडे। महिला तर्फ त्रिभुवन आर्मीले एभरेष्ट महिला क्लबलाई हराउँदै ३ अंक जोड्यो। पुरुष तर्फको दोस्रो खेलमा एपिएफलाई हराउँदै हेल्प नेपालले ३ अंक जोड्यो।

आजबाट सुरु भएको यो प्रतियोगिता राखेप सदस्य सचिव रामचरित्र मेहेताले उद्घाटन गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ १२ र महिला तर्फ ८ टोलीले सहभागिता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम