मुख्य समाचार
गाडीको ठक्करबाट एक जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु

। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डुङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ टेम्पो पार्कको सडकमा उनलाई गाडीले ठक्कर दिएको थियो ।


प्रहरीका अनुसार मदिरा सेवन गरेका बुढा सडकमा सुतिरहेको अवस्थामा अज्ञात गाडीले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए ।

उनको प्रदेश अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो । उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ...
। निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका छन् । आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ । जस अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ...
। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणको किन्डर ओलम्पिकमा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए । ‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? ...
। वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्‌मा छन् । १० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । उनीहरूबीच यही पुस ७ गते फेरि भेट भयो । भेटमा एमालेका महासचिव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम