मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो
प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

। प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो दिएकी छिन् ।

शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दै उनले चुनावी निम्तो दिएकी हुन् ।

साथै, उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा तीनै नेताहरूलाई धन्यवाद दिइन् ।

‘यो घर तपाईँहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन् ।

साथै, उनले प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको जानकारी पनि गराइन् ।

‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ ।’

निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको उनले छलफलका क्रममा भनिन् ।

‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौं,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।

‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं,’ नेताहरूसँग प्रधानमन्त्रीको आग्रह थियो, ‘यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो । उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ...
। निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका छन् । आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ । जस अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ...
। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणको किन्डर ओलम्पिकमा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए । ‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? ...
। वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्‌मा छन् । १० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । उनीहरूबीच यही पुस ७ गते फेरि भेट भयो । भेटमा एमालेका महासचिव ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम