। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ ।
भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ ।
टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा सम्झनू, मृत्यु देख्यौ भने सलाम गर्नू’ सलमानले मातहतका अफिसरलाई लडाइका लागि प्रोत्साहन गर्दै ती कुरा भनेका छन् ।
अपूर्व लाखिया निर्देशित फिल्ममा सलमानसहित चित्रांगना सिंहको शीर्ष अभिनय छ । नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि यसमा शीर्ष भूमिका छ ।
यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ । यो फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शन तयारीमा छ ।