मुख्य समाचार
मन्त्री कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताए
मन्त्री कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताए

। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमानबीच एकताको प्रयास चलिरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरुलाई समाप्त गर्नु होइन । सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो ।’

देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताएका मन्त्री घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए ।

जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट होउन भन्ने रहेको भन्दै उनले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे ।

उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै मन्त्री घिसिङले घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,’ उनले भने ।

मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको पनि बताए । ‘हामीसँग आम जनताको विश्वास छ । यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ,’ उनले भने ।

उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे । मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।’

उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए । ‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिकतर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै रीतपूर्वक बन्दसूची पेश गर्न आग्रह गरिएको जानकारी गराएका छन् । आयोगले पुस १३ र १४ गते बन्दसूची पेश गर्ने कार्यतालिका तय गरेको छ । जस अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ...
। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एनएसएसएफ १३ औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणको किन्डर ओलम्पिकमा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए । ‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? ...
। वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्‌मा छन् । १० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । उनीहरूबीच यही पुस ७ गते फेरि भेट भयो । भेटमा एमालेका महासचिव ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तिलस्मी नेतृत्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्‍याउने बताएका छन् । देश कुनै एक व्यक्तिले नभई विचार, संस्था, प्रणाली र सामूहिकताले बन्ने उनको भनाइ छ । रास्वपा, मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच चलिरहेको एकता प्रयासतर्फ संकेत गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । एमालेको निवर्तमान उपमहासचिव रहेका ज्ञवालीले सामाजिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम