मुख्य समाचार
गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आउने
गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आउने

: गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आउने भएको छ। चिनियाँ पक्षले शनिबार सूचना जारी गरेर आइतबारदेखि नाका सञ्चालनमा आउने जानकारी दिएको हो। तर, नाका खुले पनि तत्काल सवारीसाधन भने सञ्चालन हुने छैनन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आइतबारदेखि नाकामा ढुवानी गर्दै आएका सवारीचालक चीनतर्फ जान पाउने छन्।

‘चीन प्रवेशका लागि निवेदन दिएका सवारीचालकलाई आइतबारदेखि प्रवेशका लागि चिनियाँ पक्षले अनुमति दिएको सूचना हामीलाई दिएको छ। आगामी जनवरी १ देखि एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ।’


चिनियाँ पक्षले जारी गरेको सूचनाअनुसार भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइनेछ। सबै विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित पक्षलाई सूचित गर्नुपर्ने र नेपाली चालक तथा कर्मचारीहरूले प्रवेशअघि नै आवश्यक तयारी पूरा गरी सवारीसाधन लोडलगायत कार्य सम्पन्न गर्नुपर्ने चिनियाँले जारी गरेको सूचनामा उल्लेख छ।


आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारीसाधनको निरीक्षण गरी आवागमन अनुमति दिनेछ। यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ। जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग हुनेछ। यस अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवैतर्फबाट आवागमन नियन्त्रण गरिनेछ। जनवरीपछि चिनियाँ समयअनुसार बिहान ९ देखि १ बजेसम्म (सामान्य भन्सार समयभन्दा १ घण्टा बढी) सवारीसाधन प्रवेशका लागि खुला रहनेछ। दिउँसो २ देखि ७ बजेसम्म अस्थायी रूपमा सञ्चालन गरिनेछ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको थियो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दे खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ।

उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको थियो। जीर्ण अवस्थामा रहेको पुल २०७२ सालमा आएको भूकम्पले थप क्षति गरेपछि पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले गरेको थियो। व्यापारिक कारोबार बढ्दै गएपछि पहिले भएको भन्दा ५ मिटर उत्तरपूर्वमा पुल निर्माण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा ...
— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ । रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । ...
— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ । काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ । थापाले पार्टी केन्द्रीय समिति ...
: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ...
— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम