मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम

— आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन् । निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता संख्या सार्वजनिक गरेको छ ।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेलाभन्दा यसपटक ९ लाख १५ हजार १ सय १९ जना मतदाता वृद्धि भएका छन् । त्यतिबेला १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता थिए । पछिल्ला तीन वर्षमा ९ लाखभन्दा बढी मतदाता थपिएका हुन् ।

कानुनमा संशोधन गरेर गत असोज र कात्तिकमा मतदाता नामावली संकलन गरिएको थियो । त्यसबेला उल्लेख्य संख्यामा मतदाता थपिएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी २० फागुनसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरुको विवरणलाई अद्यावधिक गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको हो । अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरूष छन् । ९२ लाख ४० हजार १ सय ३१ जना महिला र अन्य २ सय जना छन् ।

अघिल्लो पटकभन्दा पुरूष मतदाताको संख्या ५ लाख २२ हजार ५ सय ५२, महिलाको ३ लाख ९२ हजार ५ सय ५२ र अन्यमा १५ जना थपिएका छन् ।

अन्तिम मतदाता नामावलीसँगै आयोगले मतदानस्थल र मतदान केन्द्रको पनि टुंगो लगाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ ।

२०७९ को निर्वाचनका बेलाभन्दा यसपटक ७५ वटा मतदान स्थल तथा ८ सय ८५ वटा मतदान केन्द्र वृद्धि गरिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ क्षेत्र र समानुपातिक गरी २७५ सदस्यका लागि फागुन २१ मा निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा ...
— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ । रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । ...
— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ । काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ । थापाले पार्टी केन्द्रीय समिति ...
: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ...
— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम