मुख्य समाचार
रास्वपामा बालेनलाई दोश्रो वरीयता
रास्वपामा बालेनलाई दोश्रो वरीयता

— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ ।

रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । लामिछानेले भने अहिले प्रतिशत भन्ने भन्दा पनि राम्रा मान्छेहरू सहभागी गराउनुपर्ने अडान लिएका थिए ।

त्यसपछि जेन-जी आन्दोलनमा सहभागी युवा तथा स्वच्छ छविका मानिसहरूलाई पार्टीमा सहभागी गराउनेबारे रवि र बालेनबीच सहमति भएको हो । रास्वपा र बालेनबीचको वार्तामा रास्वपाका तर्फबाट सहभागी शिशिर खनालले पार्टीको दोस्रो वरीयतामा बालेन रहने गरी सहमति भएको बताए ।

बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता हुने भएको हो । 'पार्टी संरचनामा नयाँ, जेन-जी लगायतका युवाहरूलाई जोड्ने भन्ने छ । थप संरचना गठन हुनेछन् । बालेनले पद लिनुभएको छैन । उहाँले म केन्द्रीय समितिमा सदस्य मात्रै बस्छु भन्नुभएको छ । त्यो उहाँको सदासयता हो,' खनालले कान्तिपुरसँग भने, 'त्यतिको नेतालाई पार्टीले सम्मानित पद दिनैपर्छ । उहाँ दोस्रो वरीयतामा बस्नुहुन्छ।'

बालेनलाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तोक्ने र आगामी संसदीय दलमा दलको नेता घोषणा सहमतिपत्रमा नै उल्लेख गरिएको छ । त्यस्तो अवस्थामा पार्टीको दोस्रो वरीयतामा बालेन बस्नु स्वभाविक रहेको खनालको भनाइ छ । विगतमा कांग्रेस छोडेर स्वर्णिम वाग्ले पनि रास्वपा केन्द्रीय सदस्यका रूपमा नै संलग्न भएका थिए । हाल रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले क्रमशः वरीयतामा छन् ।

रास्वपाको संगठनमा बालेनका पक्षका र जेन-जी लगायतका प्रतिनिधिलाई सहभागी गराउने विषयमा पनि सहमति भएको छ । कति प्रतिशत ल्याउने भन्दा पनि राम्रा मान्छे ल्याउने सहमति भएको खनालले बताए । 'नयाँ मान्छे ल्याउने तर प्रतिशत भन्दा पनि राम्रो मान्छेहरूलाई स्थान दिँदै जाने भन्ने समझदारी भएको छ । प्रतिशततमा भन्दा पनि क्वालिटीमा ध्यान दिनेबारे सहमति भएको छ,' खनालले भने ।

रवि र बालेनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर हुँदा रास्वपाका दुवै उपसभापति उपस्थित थिए । त्यसका अलवा असिम शाह पनि संलग्न थिए । बालेनका तर्फबाट भने कुमार बेन, भुपदेव शाह, सुदीप ढकाल, केपी खनाल, निश्चल बस्नेतलगायतको उपस्थिति थियो ।

बालेनसँगको सहमतिसँगै रास्वपाले केन्द्रीय समितिमा नयाँ मान्छेहरू थपेर विवरण अद्यावधिक गर्नका लागि निर्वाचन आयोग जाने सहमति पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील सदस्य नवीकरण गर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवा गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा ...
— उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ । काठमाडौं त्रिपुरेश्वरमा शनिबार बसेको बैठकले नयाँ राजनीतिक शक्तिहरूसँग एकताको संवाद गर्ने अधिकार अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ । पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापत हुने गरी एकता गर्नुपर्ने निर्णय भएको छ । थापाले पार्टी केन्द्रीय समिति ...
: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ। प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ...
— प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, 'सबै राजनीतिक दल चुनावमा जान तयार भएका ...
: पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मनिहर्वा चोकबाट शनिबार सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। हुलाकी सडकखण्डमा पर्ने मनिहर्वा चोकमा सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको टोलीले ९ केजी ३०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पर्साकै पकहाँ मैनपुर गाउँपालिका-५ सबैठवाका ४३ वर्षीय रविन्द्र महतो र भारतको बिहार राज्यको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम