मुख्य समाचार
युभेन्ट्सले पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा
युभेन्ट्सले पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा

— लयमा फर्केको युभेन्ट्सले शनिबार पिसालाई २–० पराजित गर्दै इटालीको सिरी ए को तेस्रो स्थानमा उक्लेको छ । यस जितसँगै युभेन्ट्स उपाधि होडमा पनि सामेल भएको छ ।



पहिलो हाफको गोलरहित बराबरीपछि युभेन्ट्सले खेलको अन्त्यतिर दुई गोल गरेको हो । पिएरे कालुलुले ७३ औं मिनेटमा पहिलो गोल गरेपछि केनन यिल्डिजले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल गरे ।

लिग तालिकामो युभेन्ट्सको ३२ अंक भएको छ र यो शीर्षमा रहेको इन्टर मिलानसँग एकै अंकको दूरी हो । पिसा भने ११ अंकमा सीमित रहेर १९ औं स्थानमा छ र रेलिगेसनका लागि प्रत्यासी बनेको छ ।

शनिबारका अन्य खेलमा कोमोले लेचेलाई ३–० र कागलिरीले टुरिनोलाई २–१ ले पराजित गरेको छ । युडिनेजी र लाजियोले भने १–१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ओली वाटकिन्सले वेञ्चबाट मैदानमा प्रवेश गर्दै गरेका दुई गोलको मद्दतले एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–१ ले पराजित गरेको छ । यस जितले भिल्लाको अप्रत्यासित उपाधिमाथिको दावेदारी अझ बलियो भएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा भिल्लाले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । वाट्किन्सले ६३ औं मिनेटमा पहिलो गोल ...
: नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप-२०८२ को पहिलो दिन नेपाल पुलिस क्लबको महिला र पुरुष दुवै टोलीले जित निकालेका छन्। महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ क्लबलाई हराउँदै हेल्प नेपाल स्पोट्स क्लबले विजयी सुरुवात गरेका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुदलाई ३-० को सोझो ...
: राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक रहेका जगत टमाटासहित कुमार लामा घिसिङ, शान्त कुमार महता,‌ राजेश खड्का र प्रयास कार्की राखेप बोर्ड सदस्यमा नियुक्त भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको पाँच सदस्यको कोटामा यी ५ जनालाई मनोनीत ...
: विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। प्रहरीका अनुसार थापा विराटनगर महानगरपालिका–५ निवासी हुन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। राति करिब पौने ...
: शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ गतेदेखि सुरू हुने भएको छ । प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब,सशस्त्र प्रहरी बलको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम