मुख्य समाचार
सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्ने
सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्ने

— उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले पोखरा पुगेर सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्ने बताएका छन् ।


उनले पोखरामा आयोजित उज्यालो नेपाल पार्टीको कार्यक्रममा यस्तो बताएका हुन् । उनले आफूहरू आफ्नो सम्मानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

उनले भने, ‘सबै वैकल्पिक शक्तिहरू सकेसम्म एक भएर जानुपर्छ । नभए कार्यगत एकता गरेर जानुपर्छ । आजका दिन सबै नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेका छन् । त्यसलाई बुझेर अगाडि बढ्नुपर्छ ।’

उनले एकता वा सहकार्यका क्रममा सम्मानजनक र आत्मसम्मान कायम हुनुपर्ने कुरालाई पनि उठाएका छन् । उनले भने, ‘उज्यालो नेपाल पार्टी सधैं सम्मानजनक र आत्मसम्मानयुक्त उपस्थिति राख्दै, आफ्नो सम्मानलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अघि बढ्ने हो । यसतर्फ धेरै कुराहरू भइरहेका छन् ।’

रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको पछिल्लो समझदारीमा कुलमान पनि मिसिने कुरा भएपनि उनी यसबाट अलग रहेपछि उनको सार्वजनिक प्रतिक्रिया के हुन्छ भन्नेमा धेरैको चासो देखिन्छ । शनिबार रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेको छलफलको सुरुवाती चरणमा कुलमान पनि जोडिएका थिए । बैठक स्रोतका अनुसार, उनी छलफल चलिरहेको स्थानबाट राति नै निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था ...
— एमाले उपमहासचिव योगेश भट्टराईले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताएका हुन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका ...
— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारेको छ । चुनावका लागि दलहरू पनि आन्तरिक तयारीमा जुटिसकेका छन् । उनीहरूले समानुपातिक उम्मेदवारहरू छान्ने र सूची बनाउने काम गर्दैछन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटघाटमा कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति ५ दिन थप्न आग्रह गरेका थिए । निर्वाचन आयोगले समानुपातिकतर्फको ...