मुख्य समाचार
मन्त्री जगदीश खरेलले निर्वाचनमा जान प्रमुख दलहरू सहमत भइसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनतिर अघि बढिसकेको बताए
मन्त्री जगदीश खरेलले निर्वाचनमा जान प्रमुख दलहरू सहमत भइसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनतिर अघि बढिसकेको बताए

— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनमा जान प्रमुख दलहरू सहमत भइसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनतिर अघि बढिसकेको बताएका छन् ।


मन्त्रालयको आयोजनामा आइतबार पोखरामा भएको 'आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा' सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले चुनावमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढेको बताए ।

'राजनीतिक दल, जेन-जी प्रतिनिधिसँग सघन रूपमा वार्ता गर्‍यौं । प्रधानमन्त्री निवासमा राजनीतिक दलका नेतृत्वसँग हिजो भएको छलफलमा पनि निर्वाचनमा जाने सहमति भएको छ,' उनले भने, 'अब कुनै पनि राजनीतिक दल चुनावमा जान्न भन्न सक्ने अवस्था छैन ।' दलहरूले समानुपातिकको लागि बन्द सूची तयार गर्नु, राजनीतिक दल एकत्रित भइरहनु खुसीको कुरा रहेको उनको भनाइ थियो ।

जेन-जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त बनाउँदै समृद्ध नेपाल बनाउने दिशामा अगाडि बढाउनेमा आफू आशावादी रहेको उनले सुनाए । भने, 'मैले सुन्दर भविष्य देखिरहेको छु ।'

अर्को प्रसंगमा उनले देशकै अर्थतन्त्र नचल्दा मिडिया पनि समस्यामा रहेको बताए । 'हरेक वर्ष घाटाको बजेट ल्याउँछौं, पुँजीगत खर्च गर्न सकिँदैन । उद्योग, व्यापार, व्यवसाय गर्न कोही तयार छैन, बैंकमा पैसा थुप्रिएर बसेको छ,' उनले भने, 'देशमा लगानीको वातावरण छैन । उद्योग, व्यापार फस्टाउन सकेको छैन । यस्तो अवस्थाले मिडिया पनि धराशायी हुँदैछन् ।'

सञ्चार माध्यम पनि नेपालमा आवश्यकताभन्दा धेरै भएकोले मर्जरको प्रक्रियामा जानुपर्ने उनको धारणाा थियो । सरकारले दिने लोककल्याणकारी विज्ञापन जानुपर्ने ठाउँमा नगएको स्वीकार गर्दै उनले क्रियाशील पत्रकारसम्म पुर्‍याउन मन्त्रालयले पहल गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जबरजस्ती करणी कसुर मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी संखुवासभाबाट ...
— उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था ...
— एमाले उपमहासचिव योगेश भट्टराईले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताएका हुन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका ...