मुख्य समाचार
६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु
६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

— ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।


रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिए।

गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरको भनाइ छ ।

ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जबरजस्ती करणी कसुर मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। संखुवासभा चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कैद भुक्तान गरिरहेका थिए। भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी संखुवासभाबाट ...
— उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् । आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएको गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् । उपसभामुख रानाले दुइटै गाडीको साँचो संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् । संविधानअनुसार उम्मेदवार दाखिला अघिल्लो दिनसम्म सभामुख र उपसभामुखको कार्यकाल रहने व्यवस्था ...
— एमाले उपमहासचिव योगेश भट्टराईले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रूपमा लिनुपर्ने बताएका हुन् । लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरू मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाइ छ ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणमा गएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह नेतृत्वको समूहले समानुपातिकतर्फ ४० देखि ४२ जनाको सूची बुझाउने भएको छ । शनिबार मध्यरातिसम्म छलफल भएर आइतबार बिहान ४ बजे भएको समझदारीअनुरुप बालेन समूहले कम्तीमा ३८ प्रतिशत हिस्सा पाउने भएको हो । पहिले कुलमान घिसिङ समेतलाई जोडेर एकमुष्ट समझदारी गर्दा ५० प्रतिशत ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका ...