मुख्य समाचार
बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन
बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन

: बंगलादेश प्रिमियर लिग (बीपीएल) को खेलअघि मैदानमा ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षक महबुब अली जाकीको निधन भएको छ। सिलहट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजशाही वारियर्ससँगको खेल सुरु हुनु केही समयअघि मैदानमा ढलेका उनको हट एट्याकका कारण निधन भएको जनाइएको छ।

५९ वर्षीय जाकी खेलाडीको वामअपको समयमा मैदानमा बेहोस भएका थिए। उनी ढलेलगत्तै ढाका क्यापिटल्सका मेडिकल टिमले तुरुन्त कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) दिएका थिए। सीपीआरपछि पनि छोस नआएपछि उनलाई एम्बुलेन्सका अल हरमन अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का मुख्य चिकित्सक देवाशीष चौधरीले जाकीको मृत्युको पुष्टि गरेका छन्। बीसीबीका मुख्य चिकित्सक चौधरीसँगै ढाका क्यापिटल्सले पनि जाकीले कुनै पनि स्वास्थ्य समस्याका बारेमा जानकारी नदिएको बताएका छन्।


यो घटनापछि सिलहट टाइटन्स, नोआखली एक्सप्रेस र चटोग्राम रोयल्सका खेलाडी अस्पताल पुगेका थिए। सहायक प्रशिक्षक जाकीको अस्पतालमा निधन हुँदा ढाका क्यापिटल्स र राजशाही वारियर्सबीच खेल चलिरहेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको राजशाहीको पालि समाप्ति भएपछि सहायक प्रशिक्षक जाकीको सम्मानमा दुवै टोलीका खेलाडीले एक मिनेट मौन धारण गरेका थिए।

राजशाही वारियर्सबाट नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेले पनि खेलेका थिए। शनिबार भएको खेलमा राजशाही वारियर्स ढाका क्यापिटल्ससँग पाँच विकेटले पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको राजशाही वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३२ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको ढाका क्यापिटल्सले १८.५ ओभरमा पाँच विकेट गुमाएर जित निकालेको थियो। शनिबार चार ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चिएर एक विकेट लिएका थिए।

बंगलादेश क्रिकेट बोर्डले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट् गर्दै प्रशिक्षक जाकीको योगदान अतुलनीय रहेको बताएको छ। ‘तीव्र गतिको बलिङ र बंगलादेश क्रिकेटको विकास र विस्तारमा जाकीले पुर्‍याएको योगदान र उनको समर्पण अमूल्य छ। उनको योगदानको गहन रुपमा सम्मान र कृतज्ञताका साथ स्मरण गरिने छ’, बंगलादेश क्रिकेट बोर्डको पोस्ट्मा भनिएको छ। यसैगरी ढाका क्यापिटल्सले पनि जाकीलाई गुमाउनु पर्दा निकै मर्माहत भएको जनाएको छ। ‘यो अपूरणीय क्षतिले हामी निकै दुखी छौं। ईश्वर उनको आत्मालाई शान्ति प्रदान गरुन’, ढाका क्यापिटल्सले इन्टाग्राममा लेखेको छ।

बंगलादेशका तीव्र गतिका बलर जाकी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोमिला जिल्लाको प्रतिनिधित्व गर्दथे। उनले ढाका प्रिमियर डिभिजन लिगमा अबाहानी र धानमन्डीलगायतका प्रमुख क्लबबाट खेलेका थिए। खेलाडी जीवनबाट सन्न्यास लिएपछि तीव्र गतिका बलर उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सन् २००८ मा उनी बीसीबीको हाई परफरमेन्स प्रशिक्षकका रुपमा चयन भएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खेलकुद विकासका साझा एजेन्डा बनाउने र प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सातै प्रदेशका खेलकुद निकायका सदस्यसचिव पहिलोपटक कोशी प्रदेशमा भेला हुने भएका छन्। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा शनिबार सुनसरीको बराहक्षेत्रस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल चतरामा अन्तरप्रदेश सदस्यसचिव सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका सदस्यसचिव शुक्रबार विराटनगर आइपुग्नेछन्। सम्मेलनअघि कोशी र मधेस ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ...
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...