मुख्य समाचार
पोर्चुगलमा कोभिड–१९ खोप अभियान सुरु भएको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा धेरै डोज खोप लगाइएको छ
पोर्चुगलमा कोभिड–१९ खोप अभियान सुरु भएको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा धेरै डोज खोप लगाइएको छ

— पोर्चुगलमा कोभिड–१९ खोप अभियान सुरु भएको पाँच वर्षको अवधिमा तीन करोड २० लाखभन्दा धेरै डोज खोप लगाइएको छ ।


शनिबार सार्वजनिक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कले यो जानकारी दिएको हो ।

पोर्चुगिज सार्वजनिक स्वास्थ्य समाजका अध्यक्ष तथा पूर्व स्वास्थ्य महानिर्देशक फ्रान्सिस्को जोर्जले यस उपलब्धिलाई ‘अत्यन्त सकारात्मक’ भन्दै खोप अभियानलाई निरन्तरता दिनु ‘आधारभूत आवश्यकता’ भएको बताए ।

पोर्चुगलको औषधि तथा स्वास्थ्य उत्पादनसम्बन्धी राष्ट्रिय निकायले सेप्टेम्बर २०२३ मा प्रस्तुत गरेको तथ्याङ्क विश्लेषणमा खोपको प्रयोगले पहिलो दुई वर्षमै करिब १२ हजार जनाको ज्यान जोगिएको उल्लेख छ ।

यसैबीच, पोर्चुगलले यस साता मौसमी रुघाखोकी र कोभिड–१९ विरुद्धको संयुक्त खोप अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत २५ लाख जनालाई मौसमी रुघाखोकी र १५ लाख जनालाई कोभिड–१९ विरुद्ध खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रास्वपा त्यागेर निस्केकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले बालेन र रास्वपाको एकता प्रक्रियामा कुलमान घिसिङलाई पनि समेट्नुपर्ने र त्यो जिम्मेवारी बालेन र रास्वपाकै रहेको बताएकी छन्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ