मुख्य समाचार
बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदै
बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदै

— बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदैछ । तर यस कदमप्रति देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ ।


धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् ।

युरोपेली युनियनकै गरिब राज्यका रुपमा चिनिने बुल्गेरिया युरो प्रयोगमा ल्याउने २१ औं राष्ट्र हो ।

यस वर्ष ‘बुल्गेरियाली लेभ जोगाऔँ’ भन्ने नारासहित विरोध अभियान नै चलाइएको थियो । यसले युरोप्रति जनसाधारणमा रहेको नकारात्मक धारणा र महँगीको डरलाई थप उजागर गरेको छ ।

तर पछिल्ला सरकारहरूले युरोजोनमा सामेल हुन निरन्तर जोड दिँदै आएका छन् । समर्थकहरूका अनुसार युरोले अर्थतन्त्रलाई बलियो बनाउने, पश्चिमी मुलुकसँगको सम्बन्ध सुदृढ गर्ने र रुसको प्रभावबाट टाढा राख्नेछ ।

एकल मुद्रा युरो सन् २००२ मा १२ देशबाट सुरु भएको थियो । त्यसयता यसको विस्तार हुँदै आएको छ । क्रोएसिया सन् २०२३ मा अन्तिम पटक सामेल भएको देश हो । बुल्गेरियाले भने राजनीतिक अस्थिरता, भ्रष्टाचारविरोधी आन्दोलन र बारम्बारका चुनावका कारण विशेष चुनौतीको सामना गरिरहेको छ ।

हालै कन्चरभेटिभ सरकार पतन भएपछि देश पाँच वर्षमै आठौँ चुनावको सङ्घारमा पुगेको छ । अल्फा रिसर्चका विश्लेषक बोर्याना दिमित्रोभाका अनुसार युरो अपनाउँदा देखिने कुनै पनि समस्यालाई इयु–विरोधी राजनीतिज्ञहरूले राजनीतिक हतियार बनाउने सम्भावना छ ।



उहाँका अनुसार यस्ता विषय इयु विरुद्धको बयानबाजीको आधार बन्न सक्छन् । अति–दक्षिणपन्थी र रुस समर्थक दलहरूले युरो विरोधी प्रदर्शनको अगुवाइ गरिरहेका भए पनि ग्रामीण र गरिब क्षेत्रका धेरै नागरिक नयाँ मुद्राप्रति स्वाभाविक रूपमा चिन्तित छन् ।

उत्तरपश्चिमी बुल्गेरियाको चुप्रेन गाउँकी किराना व्यवसायी ५३ वर्षीया बिल्याना निकोलोभाले पश्चिमी युरोपमा बस्ने साथीहरूबाट मूल्य बढेको अनुभव सुनेको भन्दै यहाँ पनि महँगी बढ्ने डर व्यक्त गर्नुभएको छ ।

युरोपेली सङ्घ (इयु) को युरोबेरोमिटर सर्वेक्षणअनुसार ४९ प्रतिशत बुल्गेरियालीहरू अझै युरोको विरोधमा छन् । सन् १९९० को दशकको अत्यधिक मुद्रास्फीति पछि बुल्गेरियाले आफ्नो मुद्रा जर्मन मार्क र पछि युरोसँग बाँधेको थियो । यसले देशलाई युरोपेली केन्द्रीय बैंकमा निर्भर बनाएको छ ।

ओपन सोसाइटी इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री जोर्जी एन्जेलोभका अनुसार युरो अपनाएपछि बुल्गेरिया मौद्रिक सङ्घभित्र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बन्नेछ । सन् २००७ देखि इयु सदस्य रहेको बुल्गेरिया सन् २०२० मा क्रोएसियासँगै युरोको ‘वेटिङ रुम’ मा प्रवेश गरेको थियो ।

इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले युरोमा सामेल हुने लाभ ‘पर्याप्त’ रहेको बताउँदै सहज व्यापार, कम वित्तीय लागत र मूल्य स्थिरता मुख्य फाइदा भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार साना तथा मध्यम व्यवसायहरूले मात्रै विनिमय शुल्कमा करिब ५० करोड युरो बचत गर्न सक्छन् ।

कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब आठ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्र युरोबाट विशेष लाभान्वित हुने अपेक्षा गरिएको छ । लेगार्डले उपभोक्ता मूल्यमा पर्ने असर सामान्य र अल्पकालीन हुने बताउनुभएको छ ।

विगतका अनुभवअनुसार यसको प्रभाव ०.२ देखि ०.४ प्रतिशत अङ्कसम्म मात्र हुने अनुमान छ । तर उपभोक्ताहरू पहिले नै मुद्रास्फीतिको चपेटामा परेकाले थप बोझ पर्न सक्ने चिन्ता छ । राष्ट्रिय तथ्याङ्क संस्थानका अनुसार नोभेम्बरमा खाद्यान्नको मूल्य वार्षिक रूपमा पाँच प्रतिशतले बढेको थियो, जुन युरोजोनको औसतभन्दा धेरै हो ।

संसद्ले यस वर्ष मूल्यवृद्धि अनुगमन गर्न र युरो परिवर्तनसँग जोडिएका ‘अन्यायपूर्ण’ मूल्य वृद्धि रोक्न विशेष निरीक्षण संयन्त्र स्थापना गरेको छ । यद्यपि विश्लेषकहरू राजनीतिक अनिश्चितताका कारण आवश्यक भ्रष्टाचारविरोधी सुधारहरू ढिलाइ हुने जोखिम रहेको बताउँछन् ।

एन्जेलोभका अनुसार कम्तीमा एक–दुई वर्ष स्थिर सरकार भए मात्रै युरो क्षेत्रबाट प्राप्त हुने लाभलाई पूर्ण रूपमा उपयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...