मुख्य समाचार
मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना
मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना

। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । यस सम्झौतालाई उनले ‘केबल सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेप’लाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन् ।

‘कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि,’ आज बिहान सामाजिक सन्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले भनेका छन्, ‘विदेशी हालीमुहाली प्रत्यक्ष हामीलाई महसुस भइसकेको छ, त्यसलाई अब संस्थागत गर्नका लागि… ।’

उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन बाहको नाम नलिई यस्तो टिप्पणी गरेका हुन् ।

उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलुटुलु हेरेर बसेको भनेर आलोचना गरेका छन् । बालेनलाई उनले ‘भित्र–भित्र बसेर डरलाग्दो खेल खेल्ने’ र ‘लुकेर बस्ने’ व्यक्तिको संज्ञा दिएका छन् ।

‘…जो भित्रभित्र लुकेर डरलाग्दो खेल खेल्छ । जेनजीलाई उक्साएर लड्न भिड्न पठाउँछ । ७०–८० जना हताहत हुन्छ । देश खरानी भएको टुलुटुलु हेरेर बस्छ । बाहिर आउँदैन । सरकार चलाइदिनुपर्यो भनेर अनुरोध गर्दा पनि आउँदैन,’ साम्पाङले भनेका छन् ।

यसैगरी उनले एमसीसीसँग जोडेर रवि लक्षित टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार बुद्धनगरमा मृत फेला परेका छन् । आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् । घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन ...
। नेकपा एमालेले आगामी २० पुसभित्र प्रत्यक्षतर्फ उम्मेद्वारको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ । आज बसेको सचिवालय बैठकले प्रत्यक्ष तर्फका उम्मेद्वार सिफारिस गर्ने डेडलाइन तोकेको हो । ‘आगामी पुस २० गतेभित्र प्रत्यक्षतर्फको नाम निर्वाचन क्षेत्रीय कमिटीमार्फत सिफारिस गर्न निर्देशन गर्ने निर्णय भएको छ,’ पार्टी सचिव राजन भट्टराईले फेसबुकमा लेखेका छन् । समानुपातिक तर्फको बन्दसूचीमा समावेश ...
। नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको उक्त मुद्दामा वडाध्यक्ष मिक्रानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो । जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान ...
। काठमाडौं उपत्यकाभित्र नयाँ ट्रायल सेन्टर सञ्चालनका लागि अघि बढाइएको प्रक्रिया रोकिएको छ । यातायात व्यवस्था कार्यालय बालाजुले सेवा विस्तारको प्रक्रिया अगाडि बढाउँदै २६ मंसिर २०८२ मा शिलबन्दी प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्ताव आह्वान सम्बन्धी प्रक्रियाको फारम खरिद कार्य यथावत राखिए पनि कानुन बमोजिमका सूचनाको बाँकी चरण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ...
। निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदैछन् । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि जान लागेका हुन् । आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका ...