मुख्य समाचार
हर्क साम्पाङले बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी
हर्क साम्पाङले बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी

। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले लेखेका छन्, ‘बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरेसँगै साम्पाङले बालेन र रास्वपा सभापति रवि लामिछानेप्रति सामाजिक सञ्जालमार्फत छेडखानी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब ...
। पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले २३ भदौको जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न निर्देशन नदिएको जिकिर गर्दै बल प्रयोगको घटनामा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवार हुनुपर्ने बयान दिएका छन् । जेनजी आन्दोलनमा २३ गते भएको दमन र २४ गतेको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगमा आफ्नो लिखित भनाइ राख्दै लेखकले ...
। ‘द काउन्सिल अफ जेनजी’ का संयोजक सुदन गुरुङले अब देशव्यापी सिभिलियन फोर्स गठन गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच एकता सहमति भएपछि गुरुङले अब सिभिलियन फोर्स गठन गर्ने बताएका हुन् । ‘मैले गोरखनाथमा खाएको कसम पूरा गरेँ । ...
। ‘हनी ट्रयाप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाइ पाएका छन् । घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–९ बस्ने मनिषा महत, महोत्तरीको गौशाला नगरपालिका–६ घर भई हाल भक्तपुर कौशलटार बस्ने आशिष पासवान र बाग्लुङको गलकोट नगरपालिका–७ ...
। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका उपाध्यक्ष मित्र परियारलाई नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनाउने भएको छ । केहीदिनअघि मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेको जानकारी दिएर नेकपा प्रवेश गरेका उनलाई आज दलित क्लस्टरबाट १ नम्बरमा राखेर बन्दसूची पेस गरिएको हो । परियारलाई पुस ११ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ...