मुख्य समाचार
डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन्
डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टिनी शान्ति प्रक्रियाको दोस्रो चरण लागु गर्न हमासले तत्कालै आफुलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका छन् । हमासले हतियार नछाडे उसको हालत निकै खराब हुने चेतावनी उनले दिएका छन् ।


राष्ट्रपति ट्रम्पले फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेटेपछि सोमबार यस्तो धारणा अघि सारेका हुन् ।‘उनीहरूले निशस्त्रीकरण गरेनन् भने नर्कको मूल्य चुकाउनु पर्नेछ,’ ट्रम्पले भने । उनले गाजामा पुुननिर्माण चाडैं नै सुरु हुनसक्ने पनि बताए ।

गत अक्टुबरमा गाजा शान्ति योजना लागु भएको थियो । यस २० बुँदे योजनाको गाजा क्षेत्रमा एक प्राविधिक सरकार स्थापना हुने, हमासले निशस्त्रीकरण गर्ने र इजरायली सेना यस क्षेत्रबाट फिर्ता हुने उल्लेख छ । यी प्रक्रिया पूरा भएपछि मात्रै गाजाको पुनर्निर्माण सुरु हुनेछ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले इजरायली सेना फिर्ता हुनुभन्दा पहिले नै हमासलाई निशस्त्रीकरणका लागि दबाब दिइरहेका छन् । यता, हमासका अधिकारीहरूले स्वतन्त्र प्यालेस्टिनी राज्य र पूर्ण निशस्त्रीकरण एकसाथ हुनुपर्ने बताइरहेका छन् ।

शान्ति योजनालाई झन्डै शतप्रतिशत पालना गरिरहेको भन्दै ट्रम्पले इजरायलको प्रशंसा गरे । जबकी, इजरायलले शान्ति योजनाविपरीत गाजामा निरन्तर आक्रमण जारी राखेको छ ।


राष्ट्रपति ट्रम्पले इरानमाथि पनि निशाना साँधे । ब्यालेस्टिक मिसाइल वा आणविक हतियार कार्यक्रमलाई फेरि सुरु गरेमा अमेरिकाको सहयोगमा इरानमा अर्को ठूलो आक्रमण हुनसक्ने चेतावनी उनले दिए ।

जवाफमा, इरानका सर्वोच्च नेताका शीर्ष राजनीतिक सल्लाहकार अली शामखानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरान विरुद्धको कुनै पनि आक्रमणको तत्काल कठोर प्रतिक्रिया दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युक्रेनी राष्ट्रपति भ्यालिदिमिर जेलेन्स्कीले राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने रुसको आरोपलाई अस्वीकार गरेका छन्। जेलेन्स्कीले रुसले जारी शान्ति वार्तालाई तोडमोड गर्न खोजिरहेको आरोप लगाए। बीबीसीका अनुसार रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीको मानवरहित हवाई सवारी साधन प्रयोग गरेर रुसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासमा आक्रमण गरेको ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ। बंगलादेश नेशनलिस्ट पार्टीको मिडिया सेलका अनुसार उनको आज बिहान ६ बजे निधन भएको हो। खालिदा जिया केही महिनादेखि ढाकाको एभरकेयर अस्पतालमा उपचार गराइरहेकी थिइन्। खालिदा जिया चार दशकभन्दा बढी समयदेखि बंगलादेशी राजनीतिमा संलग्न थिइन्। आफ्ना पतिको हत्यापछि जियाले बीएनपीको नेतृत्व सम्हालिन्। सन् १९८१ मा ...
। मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् । ।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए । 'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, ' राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै ...