मुख्य समाचार
सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको
सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको

: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका छन्।




मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले दशकौँ लडाइँ गरेर त्याग र तपस्या, विचार र निष्ठाका कीर्तिमान राखेकाहरुलाई बदनाम गर्दै सामाजिक सञ्जालमा हो–हल्ला गर्नेहरु नै मुक्तिदाता हुन् भन्ने भ्रम परेको बताएका हुन्।


अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनको दाबी छ। प्रचण्डले सहर बजारमा गरेजस्तो हल्ला सत्य नभएको र जनतामा अहिले पनि नेकपा र आफूहरूले गरेको पार्टी एकताप्रति सकारात्मक भाव रहेको जस्तो आफूहरूलाई महशुस भएको धारणा राखे । उनले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो परिस्थिति अहिले नरहेको जिकिर गरे ।




त्यस्तै उनले अहिले सूचना प्रविधिको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा रहेको र उनीहरूले चाहेजस्तै गरि प्रयोग भइरहेको बताए। उनले सामाजिक सञ्जालमा रमाएर नेपाल कव्जा गरेको ठान्नेहरुबिरुद्ध जनताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सयम भइरहेका राजनीतिक ध्रुवीकरणलाई दुब्लाहरूको गठजोड भनी टिप्पणी गरेका छन् । एमाले जस्तो बलियो पार्टीसँग मुकाबिला गर्न दुब्लाहरूले सहकार्य गर्नुपरेको ओलीको जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा ...
— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहर बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भन्दै भ्रम फैल्याएको टिप्पणी गरेका छन् । रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका ...
— कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आक्रमणमा जेनजी र नेपालीले सेनाले आफूलाई जोगाएको दाबी गरेका छन्। जेनजी आन्दोलनमा घुसपैठ भएको बताउँदै देउवाले आफूलाई उद्धार गर्न सेनाको हेलिकोप्टर आउँदा बदमासहरूले ल्यान्ड गर्नसमेत नदिएको बताएका हुन्। भदौ २४ गते घरमै बसिरहेका देउवा दम्पतिमाथि आक्रमण भएको थियो। उनले भने,‘यसरी आक्रमण होला भन्ने त कल्पनानै थिएन, चारैतिरबाट ...
— प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको कार्कीको भनाइ छ । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज ...