: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निर्वाचनबाट राष्ट्रिय फैसला दिने बताएका छन्। मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एमालेले पार्टीको महाधिवेशन गरिसकेकाल आम निर्वाचन पर्खिरहेको बताएका हुन्।
ओलीले निर्वाचन सम्पन्न नभएसम्म कुन लोकप्रिय छ भन्ने चर्चा भइरहने उल्लेख गरे। उनले भने,‘हामी चुनाव पर्खिरहेका छौं। कहिले होला फागुन २१ मा होला, बैशाखमा होला वा अर्को मंसिरमा होला। हामी चुनाव पर्खिरहेका छौं। चुनावबाट नै हामी राष्ट्रिय फैसला दिने छौं।’ उनले एमाले महाधिवेशनबाट स्पष्ट सन्देश लिएर निर्वाचनमा होमिन लागेको जानकारी गराए।null
लोकतन्त्रलाई कसैले पराजय गर्न नसक्ने उनको भनाइ छ। खेलमा खेलाडीहरूमध्ये उत्कृष्ठ खेलाडीले जित्ने उनले तर्क गरे। ओलीले सबैतिर एमाले देखेपछि सबैसँग मिलौं भनेर विपक्षी लागि परिरहेको बताए। रास्वपा, उज्यालो नेपाल पार्टी र बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर एमालेलाई केही नहुने दाबी गरे।