मुख्य समाचार
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ

— प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् ।


जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको कार्कीको भनाइ छ ।

‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएकी हुन् ।

राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको उनले बताइन् ।

आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन् ।


शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो सयम भइरहेका राजनीतिक ध्रुवीकरणलाई दुब्लाहरूको गठजोड भनी टिप्पणी गरेका छन् । एमाले जस्तो बलियो पार्टीसँग मुकाबिला गर्न दुब्लाहरूले सहकार्य गर्नुपरेको ओलीको जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा ...
— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सामाजिक सञ्जाल र सहर बजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भन्दै भ्रम फैल्याएको टिप्पणी गरेका छन् । रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका ...
— कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार मोरङ समाज काठमाडौंको २६ औँ वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आक्रमणमा जेनजी र नेपालीले सेनाले आफूलाई जोगाएको दाबी गरेका छन्। जेनजी आन्दोलनमा घुसपैठ भएको बताउँदै देउवाले आफूलाई उद्धार गर्न सेनाको हेलिकोप्टर आउँदा बदमासहरूले ल्यान्ड गर्नसमेत नदिएको बताएका हुन्। भदौ २४ गते घरमै बसिरहेका देउवा दम्पतिमाथि आक्रमण भएको थियो। उनले भने,‘यसरी आक्रमण होला भन्ने त कल्पनानै थिएन, चारैतिरबाट ...
: आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाइरहेका छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउने प्रचलन छ। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। तमु ल्होसार ...