मुख्य समाचार
नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ
नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ

— नेपाल वायुसेवा निगम को 'लुम्बिनी' नामक न्यारोबडी विमान इन्जिन प्रतिस्थापनका लागि इजरायल पुगेको छ। उक्त विमान आइतबार राति काठमाडौंबाट नियमित उडानमार्फत दुबई पुगेको थियो भने सोमबार दिउँसो निगमका चालकदलले खाली उडानमार्फत इजरायल पुर्‍याएका हुन्।


निगम र इजरायलको सरकारी स्वामित्वको एयरोस्पेस कम्पनीबीच यसअघि नै न्यारोबडी विमानका इन्जिन मर्मत तथा प्रतिस्थापनसम्बन्धी सम्झौता भएको थियो। २०८० भदौमा भएको सम्झौताअनुसार निगमका दुई न्यारोबडी विमानका चारवटा इन्जिन मर्मत तथा प्रतिस्थापनको व्यवस्था गरिएको हो।

निगम र इजरायल एयरोस्पेस कम्पनीबीच हालै न्यारोबडी विमानको इन्जिन प्रतिस्थापन तथा विमान फिर्ता प्राप्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार, इजरायल एयरोस्पेस कम्पनीसँग लिजमा रहेको पुरानो इन्जिन फिर्ता गरी नयाँ प्रतिस्थापन इन्जिन जडान गरिनेछ। इन्जिन प्रतिस्थापनको काम इजरायल एयरोस्पेस कम्पनीको बेडेक एमआरओ सेवा केन्द्रमा हुनेछ।

सम्झौताअनुसार, इन्जिन प्रतिस्थापन सम्पन्न भएपछि निगमले २७ लाख अमेरिकी डलर भुक्तानी गर्नुपर्नेछ। यो रकम निगमको लिज इन्जिनसम्बन्धी बक्यौता दायित्वको आंशिक सेटलमेन्टका रूपमा गणना गरिनेछ। इजरायल एयरोस्पेस कम्पनीले 'गुडविल जेस्चर' का रूपमा ८ लाख अमेरिकी डलर बराबरको छुट दिने सहमति जनाएको छ। तर यो सुविधा ३१ डिसेम्बर २०२५ भित्र २७ लाख डलर भुक्तानी गरेमा मात्र लागू हुनेछ। समयसीमा नाघेमा उक्त छुट स्वतः खारेज हुने सम्झौतामा उल्लेख छ।

कागजातअनुसार, ३० नोभेम्बर २०२५ सम्म निगमको कुल बक्यौता रकम ३५ लाख अमेरिकी डलर पुगेको छ । जसमा ढिलाइ शुल्क र ब्याज समावेश छैन। इन्जिन फिर्ता नहुँदासम्म थप बक्यौता थपिन सक्ने व्यवस्था पनि सम्झौतामा छ। यसैगरी, नयाँ प्रतिस्थापन इन्जिनका लागि निगमले ६.७९ मिलियन अमेरिकी डलर बराबरको लेटर अफ क्रेडिट (एलसी) पेस गरिसकेको छ । जुन हाल इजरायली कम्पनीले परीक्षण गरिरहेको जनाएको छ। इजरायली कम्पनीको विवरणअनुसार कुल दाबी रकम ८.४४ मिलियन डलर पुगेको छ।

पुरानो इन्जिनको मर्मतसम्बन्धी ३ लाख १२ हजार २८२ अमेरिकी डलरको अन्तिम बिल अझै बाँकी रहेको र उक्त रकम भुक्तानी नभएसम्म विमान रिलिज नहुने समझदारी पत्रमा उल्लेख छ। सबै वित्तीय दायित्व पूरा भएपछि मात्र विमान निगमलाई हस्तान्तरण गरिने सम्झौतामा स्पष्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम