मुख्य समाचार
जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी
जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी

— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ ।


जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै जाँदा उत्पन्न चासो र चिन्तालाई ध्यानमा राख्दै प्रधानमन्त्री साने ताकाइचीको निर्देशनमा सरकारले विदेशीसम्बन्धी नीतिहरूको पुनरावलोकन गरिरहेको छ । यसमा भिसाको म्याद नाघेर बस्ने व्यक्तिविरुद्ध कडा कदम चाल्ने योजना पनि समावेश छ ।

पछिल्लो केही वर्षयता जापानमा नेपाली समुदायको संख्या तीव्र गतिमा बढिरहेको छ । जापानको आप्रवासन सेवा एजेन्सीका तथ्यांक अनुसार सन् २०२५ को जुनसम्म जापानमा बसोबास गर्ने नेपालीको संख्या २ लाख ७४ हजार पुगेको छ । नेपालले हाल विदेशी नागरिकको संख्याका आधारमा पाँचौँ स्थानमा छ ।

नेपाली दूतावासको २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा जापान आउने आप्रवासीमा नेपाली ४० हजार रहेको छ । जुन सबैभन्दा बढी भएको नेपाली दूतावास जनाएको छ । गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको संख्या मात्रै १८ हजार ७ सय ४४ जना रहेका छन् । जसमा महिला मात्रै ५८ सय मात्रै महिला छन् ।

सन् २०२२ यता जापानमा नेपालीको संख्या वार्षिक ३० हजारदेखि ५० हजारसम्मले बढ्दै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनले जापान छैटौँ प्रमुख गन्तव्यभित्र परेको छ । जापानस्थित नेपाली दूतावासका अनुसार नेपालीहरू जापानभर छरिएर बसोबास गरिरहेका छन् । जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार अधिकार नेपाली रेस्टुरेन्ट, सेवा, निर्माण र उत्पादन क्षेत्रमा कार्यरत छन् ।

पछिल्लो समयमा नेपाली विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको दूतावासले जनाएको छ । उनीहरू विद्यार्थी भिसामा श्रम गर्न पुगेका हुन् । ‘पहिला फिलिपिन्स, लाओस, इन्डोनेसिया, म्यानमार, चीनबाट ल्याउने गरेको थियो । दक्षिण पूर्वी एसियालीका यी देशभित्रै आम्दानी बढ्यो । यी देशबाट आउँदा पनि उच्च तहका आम्दानीमा गरेको छ । अहिले नेपाली निर्माण क्षेत्र र कृषि क्षेत्रमा धेरै नेपालीको माग छ,’ पौडेलले भने,‘यहाँको सबै खर्च कटाएर झन्डै डेढ लाख रुपैयाँ मात्रै बचाउने गरेको छ ।’

जापानमा सय वर्ष नाघेका एकलाख नाघेको छ । वृद्ध जनसंख्याका कारण दीर्घकालीन श्रम अभाव भोगिरहेको जापानले हाल सञ्चालनमा रहेको प्राविधिक इन्टर्न तालिम कार्यक्रमलाई नयाँ ‘सीप विकासका लागि रोजगारी’ कार्यक्रममार्फत प्रतिस्थापन गर्ने तयारी गरेको छ। सस्तो श्रम र मानवअधिकार उल्लंघनको आरोप खेप्दै आएको उक्त कार्यक्रमलाई सुधार गर्दै नयाँ प्रणाली ल्याउन लागिएको हो ।

नयाँ प्रणालीले विदेशी कामदारलाई ‘निर्दिष्ट सीपयुक्त कामदार’ हैसियतमा रूपान्तरण हुन प्रोत्साहित गर्नेछ । यसअन्तर्गत तीन वर्ष काम गरेपछि लामो समयसम्म जापानमा बस्न सकिने व्यवस्था रहनेछ । प्रारम्भिक मस्यौदाअनुसार जापानले मार्च २०२९ सम्म निर्दिष्ट सीपयुक्त कामदार कार्यक्रमअन्तर्गत करिब ८ लाख ५ हजार जनालाई स्वीकार गर्ने योजना बनाएको छ, जुन मार्च २०२४ मा तोकिएको लक्ष्यभन्दा केही कम हो ।

सन् २०१९ मा नै नेपाल र जापानबीच पनि निर्दिष्ट सीपयुक्त कामदार कार्यक्रमअन्तर्गत श्रमिक लैजाने गरी श्रम समझदारी भएको छ । यसको प्रभावकारी कार्यान्वयन भने अझै भइसकेको छैन । संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा जापान गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम