मुख्य समाचार
जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी
जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी

— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ ।


जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै जाँदा उत्पन्न चासो र चिन्तालाई ध्यानमा राख्दै प्रधानमन्त्री साने ताकाइचीको निर्देशनमा सरकारले विदेशीसम्बन्धी नीतिहरूको पुनरावलोकन गरिरहेको छ । यसमा भिसाको म्याद नाघेर बस्ने व्यक्तिविरुद्ध कडा कदम चाल्ने योजना पनि समावेश छ ।

पछिल्लो केही वर्षयता जापानमा नेपाली समुदायको संख्या तीव्र गतिमा बढिरहेको छ । जापानको आप्रवासन सेवा एजेन्सीका तथ्यांक अनुसार सन् २०२५ को जुनसम्म जापानमा बसोबास गर्ने नेपालीको संख्या २ लाख ७४ हजार पुगेको छ । नेपालले हाल विदेशी नागरिकको संख्याका आधारमा पाँचौँ स्थानमा छ ।

नेपाली दूतावासको २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा जापान आउने आप्रवासीमा नेपाली ४० हजार रहेको छ । जुन सबैभन्दा बढी भएको नेपाली दूतावास जनाएको छ । गत आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको संख्या मात्रै १८ हजार ७ सय ४४ जना रहेका छन् । जसमा महिला मात्रै ५८ सय मात्रै महिला छन् ।

सन् २०२२ यता जापानमा नेपालीको संख्या वार्षिक ३० हजारदेखि ५० हजारसम्मले बढ्दै आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनले जापान छैटौँ प्रमुख गन्तव्यभित्र परेको छ । जापानस्थित नेपाली दूतावासका अनुसार नेपालीहरू जापानभर छरिएर बसोबास गरिरहेका छन् । जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलका अनुसार अधिकार नेपाली रेस्टुरेन्ट, सेवा, निर्माण र उत्पादन क्षेत्रमा कार्यरत छन् ।

पछिल्लो समयमा नेपाली विद्यार्थीको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको दूतावासले जनाएको छ । उनीहरू विद्यार्थी भिसामा श्रम गर्न पुगेका हुन् । ‘पहिला फिलिपिन्स, लाओस, इन्डोनेसिया, म्यानमार, चीनबाट ल्याउने गरेको थियो । दक्षिण पूर्वी एसियालीका यी देशभित्रै आम्दानी बढ्यो । यी देशबाट आउँदा पनि उच्च तहका आम्दानीमा गरेको छ । अहिले नेपाली निर्माण क्षेत्र र कृषि क्षेत्रमा धेरै नेपालीको माग छ,’ पौडेलले भने,‘यहाँको सबै खर्च कटाएर झन्डै डेढ लाख रुपैयाँ मात्रै बचाउने गरेको छ ।’

जापानमा सय वर्ष नाघेका एकलाख नाघेको छ । वृद्ध जनसंख्याका कारण दीर्घकालीन श्रम अभाव भोगिरहेको जापानले हाल सञ्चालनमा रहेको प्राविधिक इन्टर्न तालिम कार्यक्रमलाई नयाँ ‘सीप विकासका लागि रोजगारी’ कार्यक्रममार्फत प्रतिस्थापन गर्ने तयारी गरेको छ। सस्तो श्रम र मानवअधिकार उल्लंघनको आरोप खेप्दै आएको उक्त कार्यक्रमलाई सुधार गर्दै नयाँ प्रणाली ल्याउन लागिएको हो ।

नयाँ प्रणालीले विदेशी कामदारलाई ‘निर्दिष्ट सीपयुक्त कामदार’ हैसियतमा रूपान्तरण हुन प्रोत्साहित गर्नेछ । यसअन्तर्गत तीन वर्ष काम गरेपछि लामो समयसम्म जापानमा बस्न सकिने व्यवस्था रहनेछ । प्रारम्भिक मस्यौदाअनुसार जापानले मार्च २०२९ सम्म निर्दिष्ट सीपयुक्त कामदार कार्यक्रमअन्तर्गत करिब ८ लाख ५ हजार जनालाई स्वीकार गर्ने योजना बनाएको छ, जुन मार्च २०२४ मा तोकिएको लक्ष्यभन्दा केही कम हो ।

सन् २०१९ मा नै नेपाल र जापानबीच पनि निर्दिष्ट सीपयुक्त कामदार कार्यक्रमअन्तर्गत श्रमिक लैजाने गरी श्रम समझदारी भएको छ । यसको प्रभावकारी कार्यान्वयन भने अझै भइसकेको छैन । संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा जापान गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...
: नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सम्झौतामा हस्ताक्षर भएको हो। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ)बराबरको ऋण सहायता उपलब्ध गराएको हो। जाइकामार्फत् प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, ...
। सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । त्यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले दिएको सुझावका आधारमा अघि बढ्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालयले २०६६ सालमा ...